बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ


प्रकाशित मिति :2018-09-11 15:30:27

–महिला खबर–

ललितपुर । प्रहरीले बलात्कार गरी फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पाँचथरबाट बलात्कार मुद्दामा फरार प्रतिवादी झापाको सुरुङ्गाका ४२ वर्षीय नेत्र तिम्सिनालाई पक्राउ गरेको छ ।

फरार प्रतिवादी तिम्सिनालाई जिल्ला आदालत झापाले २०७३ मंसिर १२ गतको फैसला र सोही मुद्दामा उच्च अदालत बिराटनगरले गएको जेठ १५ गते ५ वर्ष कैद र ३० हजार रुपैयाँ क्षतिपूर्ति सुनाएको थियो । तर तिम्सिना फरार रहेका थिए ।

अनुसन्धान ब्यूरोको टोलीले इलाम, झापा, पाँचथर, ताप्लेजुङ जिल्लाहरूमा पुगेर उनको खोजतलासका साथै निगरानी गरेको थियो ।

ब्यूरोले तिम्सिनालाई यही आतबार पाँचथरबाट इलापतर्फ भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको सहयोगमा इलामको जिरोकिलोबाट पक्राउ गरेको हो ।

तिम्सिनालाई जिल्ला अदालत इलामले कैद भुक्तानका लागि कारागार पठाएको छ ।
२०७० असोज १५गते तिम्सिनाले झापा सुरुङगाकी एक महिलालाई नसालु पदार्थ सुघाएर बेहोस बनाएर बलात्कार गरेका थिए ।

यसैबीच नुवाकोटमा बलात्कार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले तीन महिनापछि पक्राउ गरेको हो ।

गत असार २७ गते १६ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका तादी गाउँपालिका–१ उर्लेनीका विनोद तामाङलाई काठमाडौंको भृकुटीमण्डप क्षेत्रबाट आइतार राति प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालयका नुवाकोटले जिल्ला अदालतबाट तीन दिन म्यादको म्याद लिएर अनुसन्धान गरिरहेको छ । तामाङले किशोरीलाई घरमा कोही नभएको बेलामा बलात्कार गरेर फरार रहेका थिए ।

तामाङविरुद्ध पीडित पक्षले गत असार २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए । पक्राउ परेका तामाङमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: