अपहरण, शरीर बन्धक र बेचबिखनको आरोपमा पाँच पक्राउ


प्रकाशित मिति :2018-09-11 15:09:02

–लेखनाथ खतिवडा–

पाँचथर । महिला अपहरण, शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित पक्राउ परेका छन् ।

२४ वर्षीया महिलालाई अपहरण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले तुम्बेवा गाउँपालिका –१ पाँचथरका ५० वर्षीय डम्बर दाहालसहित पाँच जनालाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले भदौ २५ गते गिरफ्तार गरेको जानकारी दिएको छ ।

गिरफ्तार हुनेहरुमा तुम्वेवा –१ कै ५० वर्षीया छविमाया दाहाल, ४१ वर्षीया भूमिका दाहाल, २९ वर्षीय मित्र दाहाल र ४४ वर्षीय श्यामबहादुर दाहाल रहेका छन् ।

पीडितलाई बलात्कार समेत गरेको आरोपमा सोही ठाउँका २८ वर्षीय दिलकुमार दाहाललाई भने प्रहरीले भदौ २१ गते गिरफ्तार गरेको थियो ।

आरोपित दिलकुमारले भदौ ५ गते बलात्कार गरेको पीडितले बताएकी छन् । घटनापछि अन्य आरोपितहरू समेत मिलेर भदौ १७ गते झापाको काकरभिट्टा हुँदै भारत तर्फ लैजान लागेको थाहा पाएपछि आरोपितहरू विरूद्ध भदौ २२ गते प्रहरीमा उजुरी दिएको पीडितले बताइन् ।

आरोपितहरू विरूद्ध भदौ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको सो कार्यालयका सई विष्णु खड्काले बताए ।

पीडित महिलाको सोही दिन जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । उनीहरुको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: