–महिला खबर–
ललितपुर । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा परेको कार्यस्थलमा भएको यौन दुर्व्यवहारको उजुरी अन्ततः मिलापत्रमा टुंगिएको छ ।
गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले सोही कार्यालयकी सहायक स्तरकी महिला कर्मचारीलाई गरेको यौन दुर्व्यवहारको उजुरी सहमतीमा टुंगिएको हो ।
पीडित भनिएकी महिलाले कार्यस्थलमा दुर्व्यवहार नभएको भनि आफ्नो उजुरी दाबी फिर्ता लिएपछि मिलापत्रमा मुद्दा टुंगिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी बासुदेव घिमिरेले महिला खबरलाई बताए ।
यौन दुर्व्यवहारको उजुरी गएको जेठ २२ गते जिल्ला प्रशासन कार्यालयमा परेको थियो । मिलापत्रको लागि केसी र पीडित महिलाले असारको १७ गते संयुक्त रुपमा निवेदन दिएका थिए ।
यौन दुर्व्यवहारजस्तो संवेदनशिल विषय भएकोले मिलापत्र निवेदन परेको १० दिनसम्म दुबै पक्षलाई छलफल गर्ने मौका दिइए पनि उजुरी दाबी फिर्ता लिएपछि मुद्दा टुंग्याएको सूचना अधिकारी घिमिरेले बताए ।
कार्यालयले असारको २७ गते नै मिलापत्रमा मुद्दा टुंग्याएको जानकारी दिएको छ ।
सम्बन्धित समाचार
http://mahilakhabar.com/news/2018/07/11/43005.html
http://mahilakhabar.com/news/2018/07/12/43029.html
http://mahilakhabar.com/news/2018/06/10/41989.html
Comment Here!