राष्ट्रियसभा बैठक : निर्मला पन्त घटनालाई राजनीतिकरण गरियो


प्रकाशित मिति :2018-09-11 17:11:24

-महिला खबर-

ललितपुर । निर्मला पन्तको बलात्कारपछि हत्याको विषय रहस्यमै रहेको भन्दै सांसदहरुले चिन्ता व्यक्त गरका छन् ।

घटनामा संलग्न दोषीलाई पक्राउ गर्न नसक्नु र विशेष छानविन समितिका सदस्यले राजीनामा दिनु रहस्यमय भएको सांसदहरुले चिन्ता व्यक्त गरेका हुन् ।

मंगलबारको राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद चन्द चपाईले दिन प्रतिदिन बलात्कारका घटना बढ्दै गएको भन्दै कञ्चनपुर घटनाले महिलाहरु त्रसित हुनुपर्ने अवस्था आएको बताइन् ।

उनले समाजमा देखिएका बलात्कार जस्ता अपराधका घटना रोक्न जनप्रतिनिधहरुलाई सचेत गराउँदै न्यूनिकरण गर्नुपर्ने बताइन् ।

सांसद चपाईले कञ्चनपुर घटानामा उच्चस्तरिया छानविन समितिका सदस्यले नै राजीनामा दिनुपर्ने अवस्था आएको भन्दै गाउँमै भएको घटनामा पनि महिनादिन पुग्दा अपराधि पत्ता नलाग्नुमा सरकारले गम्भीर भएर हेर्नुपर्ने बताइन् ।

२०६४ मा सुर्खेतमा भएको घटना पनि त्यसरी नै ओझेलमा परेको भन्दै अपराधिलाई जतिसक्दो छिटो कारबाही हुनपर्ने  उनले बताइन् ।

सांसद बद्री कुमार पाण्डेले विगतदेखि नै बलात्कार हत्या हिंसाका घटना घट्दै गएको भन्दै यसलाई रोक्न सरकारको प्रभावकारीता नदेखाएको बताए ।

सांसद पाण्डेले कञ्चनपुर घटनामा छानविन गर्न बनेको समितिका प्रारम्भिक चरण देखि नै रहेका सदस्यले नै राजीनामा दिएको भन्दै राजीनामा गर्नु रहस्यमय भएको बताए ।

उनले कञ्चनपुर घटनामा निष्पक्ष ढंगले छानविन गर्ने वातावरण नभएको भन्दै सरकार मुकदर्शक भएर बसेको बताए । उनले भने, ‘कञ्चनपुर घटनामा कतै सरकार स्वयं लागि परेको छ भन्ने लाग्यो ?’

सांसद महेश कुमार महराले कञ्चनपुर घटनाका छानविन समितिका सदस्यलाई छानविनको विषयलाई लिएर उहाँ र घरपरिवारलाई धम्की दिने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।

सांसद विना पोखरेलले अहिले पनि बालबालिकाहरु बलात्कार, अपहरणको हुने गरेको भन्दै यस्ता घटना समाजका दुखदायि र अमानविय भएको बताइन् ।

महिला तथा बालबालिका हकअधिकारहरु संविधानमा लिपिवद्ध भएपनि यो घटना नियन्त्रण हुन नसकेको बताइन् ।उनले अपराधका घटनामा राजनीतिककरण नगर्न समेत आग्रह गरिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: