–महिला खबर–
ललितपुर । बुवाको मृत्युपछि आमाले दोस्रो बिहे गर्दा बिचल्लीमा परेका पाँच दिदीभाईलाई आर्थिक सहयोग जुटिरहेको छ ।
बाजुराको बडीमालिका नगरपालिका ५ मना गाउँका ‘पाँच दिदीभाइको बिचल्ली’ शिर्षकमा महिला खबरमा समाचार प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग जुटेको हो ।
दिदीभाईको सहयोगार्थ अहिलेसम्म २ लाख ८७ हजार ५ सय ९५ रुपैयाँ संकलन भएको आर्थिक संकलनमा जुटेका पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिंहले महिला खबरलाई बताए ।
बाबुको क्यान्सरका कारण मृत्यु भएपछि आमा अर्कैसंग बिहे गरेर जाँदा पाँच दिदीभाई बिचल्लीमा परेका थिए ।
समाचार प्रकाशनपछि आर्थिक सहयोग जुटाउन बेलायतबाट इशा गुरुङ्, काठमाडौँबाट खुसी राई र बाजुराबाट पत्रकार प्रकाश सिंह जुटिरहेका छन् ।
बेलायतबाट इशाको अगुवाईमा २ लाख ४० हजार, बाजुराको बडिमालिका नगरपालिकाका उपप्रमुख कबिता बिष्टबाट १० हजार, बाजुराकै बाह्रबिस घरभई हाल मलेसिया काम गर्दै आएका रुगम थापाबाट ८ हजार ९०, सोही ठाउँ काम गर्ने राम बहादुर थापाबाट ३ हजार २४, आमा नरा दुलालको सम्झनामा अमेरीका बस्ने भिम दुलालबाट १० हजार ४ सय, युएनएफपीए बाजुराका कर्मचारी भुवन सेजुवालले पाँच हजार रुपैयाँ र तीजको खर्च जोगाउँदै बाजुराका केही महिलाहरु मिलेर ७ हजार २ लाख ८२ हजार ५ सय ९५ रकम संकलन भएको पत्रकार सिंहले जानकारी दिए ।
बालबालिकालाई सहयोग गर्न चाहानेले पत्रकार प्रकाश सिंहको मोबाइल नम्बर ९८४८५१३१३४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
Comment Here!