बलात्कार गर्न खोज्ने वृद्धको बालिकाको रड प्रहारबाट मृत्यु


प्रकाशित मिति :2018-09-14 13:48:50

–महिला खबर–

ललितपुर । रामेछापमा बलात्कार गर्न खोज्ने वृद्धालाई एक बालिकाले रड प्रहार गर्दा मृत्यु भएको छ । तेह्र वर्षीया बालिकालाई बलात्कार गर्न खोज्दा उनले हानेको रडबाट एक वृद्धको ज्यान गएको हो ।

आफूलाई बलात्कार गर्न खोजेपछि नाताले नातिनी पर्ने १३ वर्षीया बालिकाले हानेको रड लागेर रामेछाप नगरपालिका–७, मुढाजोर रजगाउँका ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठको ज्यान गएको प्रहरीले बताएको छ ।

बिहीबार बिहान किशोरी घरबाट केही टाढा रहेको बारीमा घाँस काट्न गएकी थिईन् । सो क्रममा श्रेष्ठले बलात्कार गर्न खोजेको र आफू फुत्किएर घर पुगी फलामको रड लिएर श्रेष्ठको घरमै गई प्रहार गरेको किशोरीले प्रहरीसमक्ष बताएकी बयान दिएकी छन् ।

घटनामा प्रयोग भएको रडसहित किशोरीले करीब १० बजे प्रहरी चौकी रामेछापमा हत्याको बारेमा जानकारी गराई आत्म समर्पणसमेत गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी अमरेन्द्र बहादुर सिंहले महिला खबरलाई जानकारी दिए । उनले भने, ‘पूर्णबहादुरकाे शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पतालमा राखिएको छ । हामीले घटनाको अनुसन्धान गरि राखेका छौं ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: