बुढापाका भन्छन्ः सन्तानलाई सम्पत्ति दिनै पर्ने नहोस्


प्रकाशित मिति :2018-09-14 13:56:42

–महिला खबर–

ललितपुर । जीवनभर कमाएको सम्पत्ति सन्तानलाई दिनै पर्ने बाध्यकारी व्यवस्था कायम नगर्न ज्येष्ठ नागरिकहरूले आग्रह गरेका छन् ।

सञ्चारिका समूहको प्रस्तुति कार्यक्रम ‘समकोण’ को छायांकनमा बोल्दै ज्येष्ठ नागरिकहरूले आफ्नो जीवनकालमा कमाएको सम्पत्ति सन्तानले स्वतह दाबी गर्न पाउने प्रक्रिया बदल्न आग्रह गरेका हुन् ।

ज्येष्ठ नागरिकका कुरामा गम्भीर हुँदै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ज्येष्ठ नागरिकका कुरालाई सरकारले मौलिक हकका रुपमा सुनिश्चत गरेको बताए । उनले यो विषयमा कानूनै बनाई अझै मजबुत गर्न सरकारसँग आग्रह सकेत गरे ।

एजीङ नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ले समयसँगै जीवन शैलीमा पनि धेरै परिवर्तन आएको भन्दै ज्येष्ठ नागरिक आफैले गर्न सक्ने काममा सन्तानको भर नपर्न आग्रह  गरे ।

त्यस्तै ज्येष्ठ नागरिक अभियन्ता इन्दिरा सापकोटाले संयुक्त परिवार टुक्रिएर एकल हुन थालेको भन्दै बुढेसकालमा ज्येष्ठ नागरिक पनि सजग हुनुपर्नेमा जोड दिइन् ।

यस विषयमा तयार गरिएको कार्यक्रम ‘समकोण’ आज शुक्रबार राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रशारण हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: