‘बालअधिकार कार्यान्वयन हुन सकेन’


प्रकाशित मिति :2018-09-15 12:07:20

–महिला खबर–
ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकालाई भोलीका दिनमा सक्षम बनाउने महत्वपूर्ण भूमिका अभिभावकको भएको बताएकी छन् ।

राष्ट्रिय बालअधिकार दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा केन्द्रीय बालकल्याण समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।

  

राष्ट्रपति भण्डारीले बालबालिकाले स्वतन्त्र रुपमा बोल्न, काम गर्न, शिक्षा, स्वास्थ्य सेवा पाउनुपर्ने लगायतका अधिकार संविधानमै उल्लेख गरेकाे भएपनि त्यो कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त गरिन् ।

बालबालिका अहिले पनि जोखिममा रहेको भन्दै राष्ट्रपति भण्डारीले यसका लागि सरकार, विभिन्न संघसंस्था एवं सरोकारवाला निकाय जिम्मेवार हुनुपर्ने उनले बताइन् ।

कञ्चनपुरमा भएको निर्मला पन्तको घटनाले निकै दुःखी तुल्याएको बताउँदै राष्ट्रपति भण्डारीले दोषी पत्ता लगाई कानूनी दायरामा ल्याउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराइन् ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले समृद्ध नेपाल निर्माण गर्न बालबालिकाको शिक्षामा जोड दिनुपर्ने बताइन् ।

पछिल्लो समय बढ्दै गएको बालअपराध न्यूनिकरण गर्न सरकारले शुन्य सहनशिलताको गतिले काम गरिरहेको बताउँदै मन्त्री थापाले यस्ता विकृति, विसंगति हटाउन सबैले एकजुट भएर लाग्नुपर्नेमा जोड दिइन् ।

सरकारले सडकमा रहेका बालबालिकाको उद्धार कार्य जारी राखेको बताउँदै मन्त्री थापाले बाल अपराध न्यूनिकरण गर्न सबैको साथ र सहयोग आवश्यक पर्ने बताइन् ।

केन्द्रीय बालकल्याण समितिका अध्यक्ष बबिना श्रेष्ठले बालअधिकार संरक्षण गर्न स्थानिय तहको भूमिका महत्वपुर्ण हुने बताइन् ।

‘सुखी नेपाली, समृद्ध नेपाल ः बाल अधिकार सबैको सरोकार’ भन्ने राष्ट्रिय नारासहित आयोजना गरिएको कार्यक्रममा अपाङ्गता भएकी विद्यार्थी सविता थापाले अपाङ्गमैत्री संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिलाई निकै समस्या हुने गरेको बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: