निर्मला हत्यामा सुरक्षाकर्मी नै दोषी : उपप्रधानमन्त्री पोखरेल


प्रकाशित मिति :2018-09-16 13:30:00

–महिला खबर–

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा सुरक्षा अधिकारीकै संलग्नता रहेको बताएका छन् ।

सञ्चारिका समूहको सातौ महाधिवेशन तथा २२ औं साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘निर्मला पन्तको पाशविक ढंगको हत्या सेक्युरिटीमा भएका कतिपय मान्छेले गरेको भन्ने लख काटियो । उनीहरुलाई कारबाही, निलम्बन पनि गरिसकियो । अहिले उनीहरु कसरी संलग्न भन्ने गम्भीर खोजी हुँदैछ ।’

उनले २ दिन ४ दिन ढिला भएपछि निर्मलाको बलात्कार र हत्यामा संलग्न गिरोह उम्कन नपाउने पनि प्रतिवद्धता जनाए । साथै उनले केही दिन ढिला हुँदैमा अपराधी उम्किन्छन् कि भन्ने त्रासमा नरहन पनि अनुरोध गरे ।

उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय बढिरहेको बलात्कारका घटनाले आफू स्वयं पनि चिन्तामा रहेको बताउँदै भने, यो यतिबेला भएको के हो ? पत्रपत्रिका हेर्यो बलात्कार । पढ्न सुन्न मन नलाग्ने । कान थुनौं झैं लाग्ने । भएको के हो ?’

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: