चार पत्रकार पुरस्कृत


प्रकाशित मिति :2018-09-16 14:39:02

-महिला खबर-

ललितपुर । सञ्चारिका समूहले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । सञ्चारिकाले यस वर्षको ‘सञ्चारिका समानता पुरस्कार २०७४’ पत्रकार सन्त गाहा मगरलाई प्रदान गरेको छ । समूहले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार मगरले हिमाल खबर पत्रिकामा लेखेका ’समाज नै संवेदनाहीन’ फिचरको लागि दिइएको हो । उक्त पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ ।

यसवर्ष पनि ३ सदस्यीय छनौट समिति बनाई समूहले लैङ्गिक समानतामा आधारित समाचार्लेख्फिचरबाट छनौट गरिएका फिचरलाई शैली, विषयवस्तु, सन्देश, लैङ्गिक संवेदनशीलता, अन्वेषणजस्ता विषयवस्तुलाई आधार बनाएर मूल्याङ्कनको लागि दिइएको थियो ।

छनौट समितिमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सञ्चारिका समूहका पूर्वअध्यक्ष तथा सल्लाहकार बबिता बस्नेत र सञ्चारिका समूहका संस्थापक अमृता लम्साल रहेका थिए । त्यसैगरी समूहले २०७४ सालको स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७४ अछाम जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार गीता कुँवरलाई प्रदान गरेको छ ।

पत्रकार कुँवर अछामबाट अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाको लागि रिपोर्टिङ गर्छिन् । उक्त पुरस्कार स्व. पत्रकार उमा सिंहको नाममा स्थापना गरिएको र महिला पत्रकारलाई पेशामा थप उत्साह बढाउनका लागि २०६६ सालमा स्थापना भएको थियो । उक्त पुरस्कारको राशि ७ हजार एक सय ११ रुपैयाँ रहेको छ ।

त्यस्तै सञ्चारिका प्रोत्साहन पुरस्कार २०७४ देशसञ्चार अनलाइनमा कार्यरत वर्षा शाह र कान्तिपुर दैनिकमा कार्यरत पत्रकार शिल्पा कर्णलाई प्रदान गरेको छ ।

छोटो अवधिमा सक्रिय भई पत्रकारिता गर्ने पत्रकार महिलालाई पेशामा थप उत्साह बढाउन सहयोग पुर्याउने उद्देश्यले २०६२ सालमा सञ्चारिका प्रोत्साहन पुरस्कार स्थापना गरिएको हो ।

उक्त पुरस्कार सञ्चारिका समूहको सातौं महाधिवेशन र २२ औंं वार्षिक साधारण सभाको अवसरमा आज उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरे र  विशेष अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: