११ बुँदे घोषणापत्र जारी गर्दै सकियो सञ्चारिकाको महाधिवेशन


प्रकाशित मिति :2018-09-16 18:08:13

-महिला खबर-
काठमाडौं । ११ बुँदे घोषणपत्र जारी गर्दै सञ्चारिका समूहको सातौँ महाधिवेशन सकिएको छ । काठमाडौंमा आइतबार भएको महाधिवेशनले काठमाडौं घोषणापत्र जारी गरेको हो ।

यस्तो छ घोषणापत्र जस्ताको तस्तै

मिति : २०७५/५/३१
स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं ।

काठमाडौं घोषणा पत्र

‘समानताका लागि संचार’ भन्ने मूल नाराका साथ आज मिति २०७५ भदौ ३१ गतेका दिन सञ्चारिका समूहको ७ औं महाधिवेशन तथा २२ औं वार्षिक साधारणसभा सम्पन्न भयो ।

देशका विभिन्न जिल्लामा रहेका समूहका शाखा र काठमाडौं उपत्यकामा रहेका सदस्य पत्रकार महिलाहरु सहभागी भएको साधारण सभाले ११ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।

१.संचारमाध्यममा पत्रकार महिलाको संख्यात्मक तथा गुणात्मक वृद्धि गरि पत्रकारितामा क्षमता अभिवृद्धि गर्नुका साथै टिकाइराख्ने र निर्णायक तहमा पुग्ने वातावरण बनाउन सरकार, सञ्चार गृह र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं ।

२. सञ्चार गृह तथा सञ्चारसँग सम्बन्धित संस्थाहरुमा संविधानले व्यवस्था गरेको समानुपातिक समावेशी सिद्धान्त अनुसार सरकारले अबलम्वन गरेको लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति अविलम्ब कार्यान्वयनमा ल्याउन माग गर्दछौं ।

३. न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिक कार्यान्वयनका लागि सम्पूर्ण सञ्चारमाध्यमहरुलाई ध्यानाकर्षण गराउँदै यसको अनुगमनका लागि सरकारसँग माग गर्दर्छौं ।

४. सञ्चार प्रतिष्ठानहरुलाई लैंगिक मैत्री बनाउने निर्देशिका २०६९ तुरुन्त कार्यान्वयनमा लैजान सरकारसँग माग गर्दर्छौं ।

५.सबै सञ्चार गृहले लैंगिक मैत्री वातावरण निर्माणका लागि आन्तरिक लैंगिक नीति निर्माण गरी जारी गर्न अनुरोध गर्दछौं । साथै महिला भएकै कारणले हुने विभेदको अन्त्य गर्न सबै सञ्चार गृहले पत्रकार महिलाका लागि सकारात्मक विभेदको नीति अपनाउन अनुरोध गर्दछौं ।

६. सबै सञ्चार माध्यमहरुले प्रकाशन तथा प्रशारण गर्ने विषयवस्तुमा लैंगिक मुद्धा (महिला, आदिवासी, जनजाती, फरक क्षमता भएका व्यक्ति, मुस्लिम, मधेशी, यौनिक तथा लैंगिक अल्पसंख्यक) लाई प्राथमिकता दिन अनुरोध गर्दछौं ।

७. कार्यस्थललाई लैंगिक तथा यौनजन्य हिंसा मुक्त बनाउन सबै सञ्चार संस्थाहरुको ध्यानाकर्षण गर्दर्छौं । रिपोर्टिङ, सम्पादन लगायतका कामका शिलशिलामा महिला भएकै कारण असुरक्षित हुने वातावरणको अन्त्य गर्न सरकारसँग माग गर्दर्छौं ।

८. संचार माध्यम र सामाजिक संजालहरुमा प्रयोग गरिने भाषामा लैंगिक संवेदनशीलता अपनाउन प्रयोगकर्ता र पत्रकारलाई अनुरोध गर्दै त्यसको अनुगमन र नियमन गर्न सरकारको ध्यानाकर्षण गराउँदछौं ।

९.समाजमा बढ्दै गएको बलात्कार र हत्या, यौनजन्य दुव्र्यवहार सम्बन्धमा भएका दण्डहीनता अन्त्य गर्न सरकारसँग माग गर्दछौं ।

१०. प्रेस स्वतन्त्रतालाईं अंकुश लगाउने गरी आएको मुलुकी अपराध संहिता ऐन र मुलुकी देवानी संहिता ऐनलाई संशोधन गरी जिम्मेवार प्रेस स्वतन्त्रताको प्रत्याभूती गराउन सरकारसँग र संघीय संसदसँग माग गर्दछौं । साथै गोपनीयताको हक सम्बन्धी विधेयकमा सूचनाको हकलाई अंकुश लगाउने काम नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं ।

११. नयाँ सञ्चार नीति लैंगिक मैत्री बनाउन सरकारसँग माग गर्दछौं ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: