समाचार प्रभावः बिचल्लीमा परेका दिदीभाइको जिम्मा एसअाेएसले लियो


प्रकाशित मिति :2018-09-18 12:12:46

–महिला खबर–

बाजुरा । बडिमालिका नगरपालिका ५ मना गाउँका बिचल्लीमा परेका पाँचै दिदीबहिनीको संरक्षक एसअाेएस बालग्राम नेपाल हुने भएको छ ।

बुबाको मृत्युपछि आमाले अर्कै बिहे गरेर जाँदा सहाराविहीन दिदीभाईको बारेमा महिला खबरमा पाँच दिदीभाईको बिचल्ली (भिडियो सहित) शिर्षकमा समाचार प्रकाशित भएपछि एसअाेएस बालग्राम नेपाल उनीहरुको संरक्षक बन्न तयार भएको हो ।

यस्तै समाचार प्रकाशित भएपछि नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहको पहलमा देश विदेशबाट पाँच लाख आर्थिक संकलन भएको बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बढुवालले जानकारी दिए ।

‘पाँचै दिदीभाईको संरक्षक अब एसअाेएस बालग्राम हुन्छ’ बालबालिकाको उद्धार गर्न बाजुरा पुगेका एसअाेएस बालग्राम धनगढीका प्रमुख पदम हमालले भने, ‘उनीहरुको लालन पालन र शिक्षा दिक्षाको जिम्मा हाम्रो हुनेछ ।’

तीन वर्षअघि बुबा रामबहादुर साउदको क्यान्सरका कारण ४३ वर्षको उमेरमा मृत्यु भएको थियो । पतिको मृत्यु भएको १० महिना नपुग्दै पत्नी बिर्मा साउदले अर्को विवाह गरेपछि पाँच भाईबहिनी बिचल्लीमा परेका थिए ।

अभिभावकविहीन १३ वर्षीया पार्वती, ११ वर्षीया सोबिना, ९ वर्षीया अस्मिता, ७ वर्षीय सुवास र ४ वर्षीय रोशन गाउँमा मागेर पेट गुजारा गर्दै आएका थिए ।

सम्बन्धित समाचार

पाँच दिदीभाईको बिचल्ली(भिडियो सहित)

समाचार प्रभावः अभिभावकविहीन दिदीभाईलाई सहयोग जुट्यो

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: