यौन अपराध लुकाउन ‘बोक्सी’ आरोप


प्रकाशित मिति :2018-09-18 14:08:05

-महिला खबर –

ललितपुर । मकवानपुरबाट काठमाडौं आएर पत्रकारितामा क्रियाशील रामकुमार एलन साहित्य लेखनमा पनि सक्रिय छन् ।

२०७० मा द्वन्द्वकालीन कथावस्तु समेटेर ‘स्याउली सिम्फोनी’ उपन्यास लेखेका एलनले पछिल्लो समय नाटक लेखनमा हात हालेका छन् । उनले लेखेको नाटक ‘बोक्सी उद्योग’ असोज ५ गतेदेखि कुञ्ज थियटर थापागाउँमा १५ दिन प्रदर्शन हुँदैछ ।

‘तराई, पहाड जताजतै बोक्सीका नाममा यातना, ताडना भोग्नेहरुको भित्री कथा खोतल्न खोजेको छु,’ लेखक एलनले भने, ‘सामन्ती सोचको अवशेष हो बोक्सी आरोप, समाजका ठूलावडाले आफ्नो बदमासी बचाउन अबलाहरुलाई बोक्सीको आरोप लगाएर समाजमा बहिष्कृत जिन्दगी बिताउन बाध्य पार्नेहरुको चरित्र उतार्ने प्रयास गरेको छु ।’

नाटक तीन दशक रंगमञ्च र काँचका पर्दामा अभिनय र निर्देशनमा बिताएका प्रभाकर देव शर्माले निर्देशन गरेका हुन् । कुञ्ज थियटरमा साँझ ५ बजे प्रदर्शन गरिने नाटकमा लालटिन नेपालका १५ कलाकारको अभिनय छ ।

दाह्री ग्याङको सहकार्यमा प्रदर्शनमा आउन लागेको नाटकमा केसी राजा, पदम घिमिरे, दीपिका थापा, टार्जन दाहाल, नमस्ते दिवाकर घिमिरे, विकास शर्मा, प्रलाप राई, किरण रेग्मी, प्रमिसा राई, ऋषिकेश बस्याल, बालानन्द मैनाली, नितु पौडेल, अल्बिना न्यौपाने, रोयल राय, सन्जीव राईलगायतको अभिनय छ ।

(तस्बिरहरु रिहर्सलका हुन्)

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: