सञ्चारिकाको नयाँ नेतृत्वलाई सम्मान


प्रकाशित मिति :2018-09-18 16:22:22

–महिला खबर–

ललितपुर । सञ्चारिका समूहको नव निर्वाचित कार्य समितिलाई प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रिय सभाका उपाध्यक्षले संयुक्त रुपमा सम्मान गरेका छन् ।

प्रतिनिधि सभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालले सञ्चारिका समूहका नवनिर्वाचित कार्य समितिलाई सम्मान तथा बधाइ ज्ञापन गरेका हुन् ।

सम्मान कार्यक्रममा बोल्दै उपसभामुख डा.तुम्बाहाम्फेले पत्रकार महिला र आम महिलाका समस्या समाधानमा सञ्चारिका समूहसँग सहकार्य गर्न तयार रहेको पनि बताईन् ।

त्यसैगरी सोही कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालले पत्रकार महिलाका साझा संस्था सञ्चारिका समूहका नेतृत्वलाई बधाई तथा शुभकामना दिईन् ।

साेही अवसरमा प्रतिनिधि सभाका सांसद बिन्दा पाण्डेले समूहकाे निर्वाचित नेतृत्वलाई बधाइ तथा शुभकामना दिएकी थिइन् ।

कार्यक्रममा समूहकी नवनिर्वाचित अध्यक्ष नितु पण्डितले पत्रकार महिला अझै पनि नेतृत्वमा आउन नसकेको बताउँदै पत्रकार र आम महिलाका सवालमा सञ्चारिकाले निरन्तर बहस पैरवी गरिरहने बताईन् । उनले देशमा विद्यमान महिलाको असुरक्षाको अन्त्यका लागि जनप्रतिनिधिहरुले पनि जिम्मेवार भएर आवाज उठाउनुपर्ने बताएकी थिईन् ।

त्यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’ ले पनि आफ्नै कार्यकक्षमा छुट्टै कार्यक्रम गरेर सञ्चारिकाका नवनिर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेकी थिईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: