मदिरा पिउन परिचय पत्र लिनुपर्ने


मदिरा सेवन गर्ने समय साँझ ७ बजेदेखि ९ बजेसम्म

प्रकाशित मिति :2018-09-18 16:26:55

–महिला खबर–

ललितपुर । मदिराका कारण घर झगडा र विवादका घटना बढ्न थालेपछि बाजुराको गौमुल गाउँपालिकाले मदिरा सेवन गर्ने व्यक्तिको रेकर्ड राख्न शुरु गरेको छ ।

गाउँपालिकामा मदिराका कारण दिनहुँ झगडा, कुटपिट, कोलाहल लगायत विवाद र घरेलु हिंसा बढ्दै गएकाले हिंसा न्यूनीकरण गर्न गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताए ।

असारमा भएको तेस्रो गाउँसभाले मदिरा पिउन परिचय पत्र लिनुपर्ने निर्णय गरेसँगै निर्णयसँगै त्यहाँका १ सय ५० पुरुषले परिचय पत्र बनाएको उनले जानकारी दिए । मदिरा सेवनको परिचय पत्र बनाउन महिला भने अहिलेसम्म एक जना पनि नआएको उनले बताए ।

अध्यक्ष रोकायाले परिचय पत्र लिएकाले मात्रै मदिरा सेवन गर्न पाउने नियम बनाउँदा गाउँमा दिनहुँ हुने अपराधका घटना कम हुने दाबी गरेका छन् ।

उनी भन्छन्, ‘महिलाले दुःख गरेर कमाएको पैंसा पनि पुरुषले रक्सी खाएर सक्छन् । साँझ बिहान मदिरा सेवन गरि श्रीमतीलाई कुटपिट गर्दा यसको प्रत्यक्ष असर बालबालिकालाई पर्ने भएकाले हामीले यो निर्णय गरेका हौँ ।’

महिला र बालबालिकालाई हिंसाबाट जोगाउन र सभ्य समाजको निर्माण गर्न गाउँपालिकाले गरेको यो निर्णय सफल हुने अध्यक्ष रोकायाले विश्वास गरेका छन् ।

मदिरा सेवन गर्ने परिचय पत्र लिन वार्षीक ५ सय रुपैयाँ बुझाउनुपर्ने नियम रहेको छ । कार्ड प्राप्त व्यक्तिले एक दिनमा १ सय ८० मिलिलिटर मात्रै मदिरा पिउन पाउँनेछन् ।

परिचयपत्र प्राप्त व्यक्तिलाई पनि मदिरा सेवन गर्ने समय साँझ ७ बजेदेखि ९ बजेसम्म तोकिएको छ ।

गाउँपालिकाले गरेको निर्णयलाई कसैले वेवास्ता गरि मदिरा सेवन गरेको पाइएमा कडा कार्वाही गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्र रहेका सबै पसलले मदिरा बिक्री गर्न पाउदैनन् । गाउँपालिकामा १२ वटा इजाजत पत्र प्राप्त पसल रहेकाले सोही पसलबाट मात्रै मदिरा बेचबिखन गर्न पाउने अध्यक्ष रोकायाले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: