बलात्कार र हत्या जस्ता घटना हुनु लज्जाको विषय : मन्त्री थापा


प्रकाशित मिति :2018-09-18 20:48:12

–महिला खबर

ललितपुर । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले नेपालको संविधानको मौलिक हक अन्तरगत धारा १८ मा समानताको हकको व्यवस्था गरेको भन्दै सो हक सबै नागरिकमा समान रुपमा लागू हुने बताएकी छिन् ।

मंगलबारदेखि काठमाडौंमा शुरु भएको ‘लैंगिक हिंसा सम्बोधनका लागि बहुक्षेत्रीय सेवा सम्बन्धी राष्ट्रिय कार्यशाला २०७५’ लाई सम्बोधन गर्दै मन्त्री थापाले कानूनको समान संरक्षणबाट कसैलाई पनि वञ्चित नगर्ने बताइन् ।

मन्त्री थापाले नेपालको संविधानको धारा ३८ को उपधारा ३ मा महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भन्ने उल्लेख गरिएको भन्दै त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुने र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हकको कार्यान्वयन गर्नुपर्ने बताइन् ।

मन्त्री थापाले भनिन्, ‘नेपाल हेल्थ डेमोग्राफिक सर्वे २०१६ का अनुसार नेपालमा २२ प्रतिशत महिलाहरु सँधै शारिरीक हिंसा भोग्न बाध्य छन् । २६ प्रतिशत महिलाहरु सँधै आफ्ना श्रीमानबाट शारिरीक, मानसिक र संवेगात्मक रुपमा हिंसा भोगिरहेका छन् भने हिंसामा परेकाहरुमध्ये २२ प्रतिशतले सहयोगको लागि घटना बाहिर ल्याएका छन् । ६६ प्रतिशतले अझै घटनालाई बाहिर ल्याउन सकेका छैनन् ।’

यस अवस्थालाई सम्बोधन गर्नका लागि प्रहरीले संवेदनशिल भएर घटनाको सत्यतथ्य प्रमाणको संकलन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने मन्त्री थापाको जोड थियो ।

न्यायिक निकायले छिटो छरितो न्यायिक प्रक्रियालाई अगाडि बढाउनुपर्ने उनले बताइन् ।
महिला मन्त्रालयले पनि आफ्नो क्षेत्रबाट यस सम्बन्धमा काम गर्दै आईरहेको भन्दै मन्त्री थापाले लैंगिक हिंसा पीडितका लागि पुनस्र्थापना केन्द्रको व्यवस्था गरी पीडित व्यक्तिलाई अल्पकालिान तथा दिर्घकालिन पुनस्र्थापना सेवा, आयआर्जनका लागि कोषको स्थापना र मनोसामाजिक परामर्शसहित परिवार र समुदायमा पुनस्र्थापना गर्न सहयोग गरिरहेको बताइन् ।

महिला तथा किशोरीहरु माथि हुने यौनजन्य घटनाहरु प्रतिदिन मानव सभ्यताकै कलंकको रुपमा वृद्धि भएको भन्दै मन्त्री थापाले बलात्कार, हत्या जस्ता घटना हुनु अहिले लज्जाको विषय बनेको बताइन् ।

संयुक्त राष्ट्रसंघीय आवसिय संयोजक भेलिरिया जुलियन्टले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै लैंगिक हिंसा न्यूनिकरण गर्नु आजको आवश्यकता रहेको बताए ।

महिला, बालबालिका मन्त्रालय लैंगिक हिंसा निवारण शाखाकी प्रमुख अन्जु ढुंगानाले महिला हिंसा अन्त्य गर्न सबै निकाय एक हुनुपर्ने बताइन् ।

छलफलका क्रममा स्वास्थ्य मन्त्रालय अन्तरगत नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी रोस्नी लक्ष्मी टुइटुईले महिलाहरु घरेलु हिंसा मात्र नभई अन्य क्षेत्रमा पनि हिंसा भोग्न बाध्य भएको बताइन् ।

प्रहरी प्रधान कार्यालय मानव अधिकार शाखाका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले हिंसा प्रभावित महिला, तथा बालबालिकालाई प्रदेश स्तरमा छुट्टै भवनबाट सेवा दिन थालिएको बताइन् ।

महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता विश्वराज कोईरालाले कानून कार्यान्वयन नहुँदा हिंसा पीडित महिलाहरु झन् हिंसामा पर्ने गरेको बताए ।

महिला अधिकारकर्मी डा। रेनुराज अधिकारीले महिला पुरुषबीचको विभेदका कारण पनि महिलाको अवस्था दयनीय हुन पुगेको बताइन् ।
उनले समाजमा महिला र पुरुषलाई हेर्ने दृष्टिकोणमा परिर्वन गर्नुपर्ने बताइन् । पुरातनवादी सोचकै कारण कञ्चनपुर र गोदावरी बलात्कार घटनामा पीडितले न्याय पाउन नसकेको उनले बताइन् । उनले महिलालाई दोस्रो दर्जाको रुपमा हेरिने परम्परालाई परिवर्तन गर्नुपर्ने बताइन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, ओरेक, यूनएडिपी, यूएनएफपीए, यूएन वमन, डव्लुएचओ, यूएन ओडिसिको संयुक्त आयोजनामा बैठककोआयोजना गरिएकोहो।

बैठकमा सात वटै प्रदेशका प्रदेश स्तरिय सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, स्वास्थ्य क्षेत्रका प्रतिनिधि, प्रदेश स्तरिय प्रहरी, जिल्ला कानूनी सहायक समितिका अधिवक्ता, सरोकारवाला निकायको सहभागिता रहेको छ ।
बैठक तीन दिनसम्म सञ्चालन हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: