सञ्चारिकाका निवर्तमान अध्यक्ष शर्मालाई प्रबल जनसेवा श्री पदक


प्रकाशित मिति :2018-09-19 11:58:43

–महिला खबर–

ललितपुर । सञ्चारिका समूहका निवर्तमान अध्यक्ष निर्मला शर्मालाई नेपाल सरकारले प्रबल जनसेवा श्रीबाट विभूषित गर्ने भएको छ ।

गृह मन्त्रालयले आज संविधान दिवसको दिन सूचना जारी गर्दै २५ वर्षदेखि पत्रकारितामा क्रियाशिल शर्मालाई राष्ट्रपतिबाट प्रवल जनसेवा श्री पदकले विभूषित गर्ने घोषणा गरेको हो ।

शर्माले सञ्चारिका समूहमा रहेर २० वर्षदेखि महिलाका मुद्धामा आवाज उठाउँदै आएकी छिन् । उनी सञ्चारिका समूहमा सदस्य, सचिव, महासचिव, उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष पनि भइसकेकी छिन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, साफ्मा लगायतका संस्थामा क्रियाशिल रहेर काम गरिसकेकी शर्माले विभिन्न सञ्जाल तथा अभियान मार्फत महिलाका सवालमा आवाज उठाउँदै आएकी छिन् । शर्माले पछिल्लो समय टेलिभिजन कार्यक्रम समकोण मार्फत गाउँ गाउँ पुगेर महिलाका समस्यालाई टेलिभिजन मार्फत मूल प्रवाहीकरण गर्दै आएकी छिन् ।

यसैगरी जनसेवा श्री (पञ्चम श्रेणी) बाट सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष अमृता अनमाेल विभूषित भएकी छिन् । अमृता अनमाेल कान्तिपूर टिभीका लागि बुटवल स‌ंवाददाता हुन् ।

सरकारले हरेक वर्ष विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई नेपाल रत्न, महाउज्ज्वल (प्रथम श्रेणी, सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम श्रेणी), उज्जवल कीर्तिमय राष्ट्रदीप (तृतीय श्रेणी), सुकीर्तिमय राष्ट्रदीप (तृतीय श्रेणी), सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी), कृीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी) र प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी) लगायतका मानपदवीबाट विभूषित गर्दै आएको छ ।

संविधान दिवसको दिन घोषणा गरिएको पदक आगामी बैशाख १ गते प्रदान गरिने गृह मन्त्री रामबहादुर थापा बादलले जानकारी दिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: