बलात्कार विरुद्धको हस्ताक्षर मुख्य मन्त्रीलाई बुझाईयो


प्रकाशित मिति :2018-09-19 13:50:58

–अस्मिना पाण्डे–

बुटवल । सञ्चारिका समूह लुम्बिनीले बलात्कारको घटना न्यूनिकरण र बलात्कारका दाेषीलाई कारबाहीको लागि सरकारलाई दबाब दिन संकलन गरेको हस्ताक्षर मंगलबार प्रदेश सरकार मार्फत केन्द्रीय सरकारलाई बुझाएको छ ।

समूहले एक हजार भन्दा बढि व्यक्तिकाे हस्ताक्षर संकलन गरि प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेल मार्फत केन्द्रीय सरकारलाई बुझाएको हो ।

हस्ताक्षर बुझाउने क्रममा बलात्कारका घटनामा संलग्न हुनेलाई कडा भन्दा कडा कारबाही गर्नु पर्ने माग सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले राखिन् ।

उनले पीडकलाई कडा कानूनी कारबाही नहुँदा उनीहरुको मनोबल बढेर बलात्कारका घटना अझ बढेको बताईन् । यस्तो अवस्था रोक्न पीडकलाई कडा कारबाही पीडितलाई सुरक्षा तथा किशोरीलाई यौन शिक्षा र आत्म रक्षा तालिम दिनु पर्ने उनको माग थियो ।

संकलित हस्ताक्षर बुझ्दै मुख्यमन्त्री शंकर पोख्रेलले राज्य महिला हिंसा र बलत्कारमा संलग्नलाई बचाउन कहिल्यै नलाग्ने प्रतिवद्धता जनाए । उनले यसअघि दबिएको अवस्थामा रहेको महिलामाथिको हिंसाका घटना अहिले न्यायको लागि सार्वजनिक हुन थालेको पनि बताए ।

मुख्यमन्त्री पोख्रेलले घटनामा संलग्न हुनेलाई कडा कानुनी सजाय र पीडितको न्यायको लागि आफू हरदम लाग्ने पनि बताएका थिए । महिला हिंसाको उजुरी गर्दा प्रहरी प्रशासनबाट लापरबाही भए तत्काल खबर गर्न पनि उनले आग्रह गरे ।

सञ्चारिका समूहले गएको भदौ २१ गते पुष्पलाल पार्कबाट हस्ताक्षर संकलन थालेको गरेको थियो ।

हस्ताक्षर बुझाउने कार्यक्रममा संस्थाका उपाध्यक्ष निरु गौतम, महासचिव मीना ढकाल, सचिव इन्दिरा भण्डारी, कोषाध्यक्ष कान्ति चुदाली सदस्यहरु माया केसी, फुलू सुनार, अस्मिना पाण्डे, रेनुका गिरी लगायतको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: