२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु


प्रकाशित मिति :2018-09-21 18:42:12

–महिला खबर–
ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका एक सय जना महिला नेताहरुको भेलाले आजबाट ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु गरेको छ ।

काठमाडौंमा आयोजित एक सय जना महिलाहरुको पाँच दिने अनुशिक्षण कार्यक्रमपछि उक्त अभियान शुक्रबार घोषणा गरिएको हो । स्थानीय तहमा विनियोजित कूल बजेटमा महिला सशक्तिकरणका लागि न्यूनतम २५ प्रतिशत बजेट छुट्याइनुपर्ने र त्यसको ६० प्रतिशत रकम समुदायमा महिलाको आर्थिक सशक्तिकरणका लागि लगानी गर्नुपर्ने माग राख्दै यो अभियान सञ्चालन गरिएको पत्रकार तथा अधिकारकर्मी बबिता बस्नेतले जानकारी दिइन् ।

सञ्चारिका समूहका निवर्तमान अध्यक्ष निर्मला शर्माले राजनीतिमा महिला सहभागिता कम हुनु आर्थिक कारण रहेको भन्दै ति सबै समस्यालाई आर्थिक सशक्तिकरणको माध्यमबाट सम्बोधन गर्न सक्ने बताइन् ।

उनले केन्द्रीय बजेटदेखि स्थानीय तहको बजेटसम्म कम्तिमा महिलालाई आर्थिक रुपमा सशक्त बनाउने बजेटको आवश्यकता पर्ने बताइन् ।

 

स्थानीय सरकारले आर्थिक वर्ष २०७५-०७६ को बजेट विनियोजन गर्दा महिलाको आर्थिक सशक्तिकरणका लागि निश्चित बजेट नतोकेपछि अभियान सञ्चालन गर्नुपरेको पत्रकार एवं भेलाकी अनुशिक्षक आरती चटौतले जानकारी दिइन् ।

आर्थिक स्रोतमाथि सहज पहुँच र त्यसमाथिको नियन्त्रण बिना महिलाको आर्थिक सशक्तिकरण असम्भव भएकाले स्थानीय तहबाटै यो अभियान शुरु गर्नुपर्ने आवश्यकता देखिएको अधिकारर्मीहरुले बताए ।

यसका लागि संघ, प्रदेश र स्थानीय तहमै महिलामा लगानी बढाउनका लागि महिला केन्द्रित नीति आवश्यक रहेको भेलाले ठहर समेत गरेको छ ।

भेलाले प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक स्रोतमा हामी महिलाहरुको अझै बढि पहुँच र नियन्त्रण होस् भनि परिवार तथा समाजको महिलाप्रतिको सोच तथा व्यवहार परिवर्तन गराएर महिलाहरुलाई आर्थिक रुपमा सशक्त गराउन माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी आर्थिक वर्ष २०७६-७७ को अन्त्यसम्ममा महिलाहरुका लागि कर्जासम्म पहुँच, बजारसम्म पहुँच, सीप विकास, उद्ममशिलता विकास, बालबालिकाहरुको हेरचाहमा सहयोग आदि जस्ता महिलाको जीविकोपार्जन र आयआर्जन वृद्धि गराउने कार्यक्रममा स्थानीय सरकारको लगानी बनाउन जोडदार माग गर्दछौं ।’

नेशनल डेमोक्रेटिक इन्स्टिच्युटको  संयोजनमा भएको भेलामा नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँशक्ति पार्टी र विवेकशिल साझा पार्टी गरि सातवटा राजनीतिक दलका एक सय महिला नेताहरुको सहभागिता थियो ।

पाँच दिनसम्म सञ्चालन भएको भेलामा बबिता बस्नेत, निर्मला शर्मा, डा. शशी अधिकारी, लिली थापा, आरती चटौत, जया लुईंटेल, लजना मानन्धर, निरा श्रेष्ठले सहजीकरण गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: