समाचार प्रभावः सेनाले डस्टविनमै फ्याँक्यो महिनावारीको सूचना बोर्ड


प्रकाशित मिति :2018-09-23 14:54:11

–महिला खबर–

ललितपुर । महिनावारी भएका महिलालाई गेटबाटै प्रवेशमा रोक लगाएको नेपाली सेनाको रणभैरव गणले सूचना बोर्ड हटाएको छ ।

काठमाडौंको हनुमानढोकास्थित रणभैरव गणले महिनावारी भएका महिलाहरुलाई सात दिनसम्म भित्र प्रवेश गर्न नमिल्ने भन्दै मूल गेटमै राखिएको बोर्ड हटाएको हो ।

महिनावारी भएका महिलालाई प्रवेश नगर्न राखिएको सूचना बोर्ड हटाएको स्थान ।

महिला खबर डटकममा रणभैरव गणमा महिनावारी भएका महिलालाई प्रवेश निषेध शिर्षकमा समाचार प्रकाशित भए लगत्तै गणले उक्त बोर्ड हटाइएको हो ।

गणका प्रमुख कर्णेल कृष्णबहादुर रायमाझीले महिला खबरसँग भने, ‘बोर्ड हटाएका मात्रै होइनौं, डस्टविनमै फ्याँकिसकेका छौं ।’ उनले आफ्नै निर्देशनमा अनजानमा राखिएको बोर्डबारे संचार माध्यम र सामाजिक संजालमा व्यापक विरोध भएपछि बोर्ड हटाइएको बताए ।

गणले मूल गेट बाहिरै ३ बुँदे सूचना टाँस गरेर महिनावारी भएका महिलालाई मूल गेटबाट प्रवेशमा निषेध गरेको थियो । त्यसबारे सामाजिक सञ्जाल र संचार माध्यममा बिरोध भएपछि केही समय बोर्ड गेटभित्र सारिएको थियो । अहिले भने बोर्ड नै हटाइएको कर्णेल रायमाझीले बताए ।

उनका अनुसार मूल गेटको आडैमा निशान कवल (देशभरकै नेपाली सेनासँग सम्बन्धित निशान, शक्ति पीठ) रहेकोले महिनावारी भएको सात दिनसम्म मूल गेटबाट छिरेमा गणभित्र अपसकुन हुने विश्वास सेनामा थियो ।

यस्तै महिनावारी भएका व्यक्ति मात्रै होइन पानी पर्दा छाता ओढेर र बरखी (आसोच) बारेका व्यक्ति पनि मूल गेटबाट प्रवेशमा निषेध गरिएको थियो ।

महिनावारी भएका महिलालाई प्रवेश नगर्न राखिएको सूचना बोर्ड । फायल फोटो

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: