समाचार फलोअपः महिलालाई मन्दिर प्रवेश नगर्न ‘वैधानिक चेतावनी’


प्रकाशित मिति :2018-09-23 15:12:08

–महिला खबर–

ललितपुर । ललितपुरको बटुक भैरवमा रहेको हनुमानस्थान मन्दिर व्यवस्थापन समितिले महिलालाई मन्दिर प्रवेश नगर्न भनी लेखिएको बोर्ड नहटाउने निर्णय गरेको छ ।

महिलालाई प्रवेश गर्न नदिने वैधानिक चेतावनी भन्दै समितिले बोर्ड नहटाउने जनाएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष माधव बस्नेतले महिला खबरले किन बोर्ड नहटाउनु भएको भनी सोधेको प्रश्नमा आक्रोशित हुँदै भने, ‘तपाईंले भन्दैमा मैले किन बोर्ड हटाउने ? हामी बोर्ड हटाउँदैनौं ।’

अध्यक्ष बस्नेत भने ‘तपाईंलाई मन्दिर छिरेर नाच्न मन लागे नाच्नुस्, हाँस्न मन लागे हाँस्नुस् तर हामी बोर्ड हटाउँदैनौं’ भनी गैर जिम्मेवार तरिकाले प्रस्तुत समेत भए ।

मन्दिरका पूजारी सुदिप पाठक (हनुमान बाजे) ले भने ‘मन्दिरबाहिर महिला भक्तजनहरु भित्र नगई बाहिरबाटै पूजा गरिदिनुहोला’ भनी लेखिएको बोर्ड वैधानिक चेतावनी भएको बताए ।

उनले हनुमान ब्रम्हचारी भएकोले महिनावारी भएका महिलाहरुले हनुमानलाई छुन नहुने भन्दै जानकारी गराउनको लागि बोर्ड नहटाइएको बताए । ‘पूजा गर्छु भनेर मन्दिर भित्र छिर्ने महिलालाई भित्र जान दिइएको छ । तर हनुमानको मूर्ती छुन दिइएको छैन’ पूजारी पाठकले भने, ‘हनुमानको ब्रम्हाचार्य टुट्ने भएकोले हनुमान छुन नदिइएको हो ।’

हनुमान स्थान मन्दिर ललितपुर महानगरपालिकाको वडा नम्बर १२ मा पर्छ । तर वडा अध्यक्ष नारायणलाल अवाले भने यस विषयमा अनभिज्ञ देखिए । उनले यस विषयमा बुझ्न हप्ता दिन लाग्ने पनि बताए ।

आफ्नै वडा भित्रको विषय बुझ्न पनि हप्ता दिन लाग्छ ? भन्दा उनले ‘यो वडा गाविस जस्तो सानो छैन । टोल टोलमा मन्दिर छन् । हनुमानस्थान मन्दिरको व्यवस्थापन समितिको फोन नम्बर खोजेर बुझ्न एक हप्ता अगाडि भ्याउँदिन ।’

महिलालाई मन्दिर प्रवेश गर्न नदिएको विषयमा महिला खबरले यसअघि पनि समाचार लेखिसकेको छ । हेर्नुुस्ः

राजधानीकै मन्दिरमा महिलालाई प्रवेश निषेध

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: