समाचार प्रभावः खोरमा बाँधिएकी किशोरी दृष्टि फाउण्डेसनमा


प्रकाशित मिति :2018-09-23 16:13:43

–धनराज अविरल–

कैलाली । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ६, बाहुनपुरकी १९ वर्षीया तारा जैशीलाई दृष्टि फाउण्डेशनले जिम्मा लिएको छ ।

आर्थिक अभावमा उपचार हुन नपाएकी ताराको विषयमा महिला खबर लगायत सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो ।

समाचार प्रकाशित भएसँगै फाउण्डेसनले ताराका आमा सर्जुकला र वडाध्यक्ष नेत्र मगरको सहमतिमा उनको स्याहारसुसार, स्वास्थ्य उपचार तथा सुरक्षा गर्ने गरी जिम्मा लिएको फाउण्डेसनका अध्यक्ष कल्पना भट्टले जानकारी गराइन् ।

तारा मानसिक रूपमा ठिक भएपछि पुनःघर फर्काउने सहमति भएको समेत उनले बताइन् ।

यसअघि लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई ताराको घरमै भेट्न पुगेका थिए ।

भेटका क्रममा नगर प्रमुख बजगाईले जैशीलाई तत्काल उपचारका लागि नेपालगञ्ज पठाउने र उपचार खर्चको जिम्मा लम्की नगरपालिकाले व्यहोर्ने बताएका थिए ।

मानसिक रूपमा निकै अस्वस्थ तारालाई बाध्य भएर आमाले दिनभरी बाख्राको खोरमा बाँधेर राख्नु परेको थियो ।

यो पनि हेर्नुहोस्

http://mahilakhabar.com/news/2018/09/18/45404.html

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: