छाउ प्रथालाई पाठ्यक्रममा समावेश गरिने


प्रकाशित मिति :2018-09-23 16:58:53

–महिला खबर–

ललितपुर । छाउ (महिनावारी) प्रथालाई पाठ्यपुस्तकमा समावेश गर्न पहल सुरु भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाठ्क्रममा कस्ता विषयहरुलाई समाबेश गर्ने भन्ने बारे आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर विज्ञहरुसँग सुझाव संकलन गरेको छ ।

कार्यक्रममा सहभागीहरुले अशिक्षा, गरिबी र पुरातनबादी सोचले छाउ प्रथा जस्तो कुप्रथा हट्न नसकेको बताए । सरकारले छाउ प्रथालाई पाठ्क्रममा समाबेश गर्ने कुरा अहिलेको सन्दर्भमा सान्दर्भिक रहेको बताउदै विज्ञहरुले तीन कुरालाई बढी समाबेश गर्न सुझाव दिएका छन् ।

संस्कार, व्यवस्थापन र प्याडको बारेमा पाढ्यक्रममा बढी कुरा समाबेश गर्नुपर्ने उनीहरुको सुझाव छ । छाउ प्रथा देशका ७ वटै प्रदेशमा फरक फरक तरिकाले कायम रहेको राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले बताए ।

विद्यालय जाने किशोरी महिनावारी भएको बेला विद्यालय जान नपाउदा एक वर्षमा उनीहरु २ महिना विद्यालय जानबाट बञ्चित हुनुपरेको छ । भने विद्यालय नजाने महिलाहरुले एक वर्षमा २ महिना बढी घरबाहिर बस्नुपर्ने बाध्यता रहेकाले यो प्रथाको अन्त्यका लागि पाठ्यपुस्तकमा कला, साहित्य पनि राख्नुपर्ने बताए ।

विद्यार्थीलाई अन्य भन्दा गीत, साहित्यमार्फत पढाए सजिलै बुज्न सक्ने भएकाले यस्ता कुरालाई पनि ध्यान दिनुपर्ने सहभागीको भनाइ थियो ।

मन्त्री थापा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले संस्कारको नाममा विद्यमान छाउ प्रथालाई सरकारले दण्डनीय अपराधको रुपमा परिभाषित गर्दै कानून ल्याएको बताइन् ।

महिनावारी भएकै कारण महिलालाई घरभन्दा बाहिर राखेमा ३ महिना जेल सजाएको व्यवस्था राखेको बताउँदै यो कुसस्कारको अन्त्यका लागि मन्त्रालयले पहल चालिरहेको उनले बताइन् ।

अभियन्ता पशुपती कुँवरले पाठ्यक्रममा यो विषय समेट्दा समुदायलाई नै परिर्वतन गर्ने खालका विषयहरु समेट्न सके समाज परिवर्तन हुने विश्वास व्यक्त गरिन् ।

स्वास्थ्य शारीरिक विषयमा समाबेश गरिएका कुरा पनि शिक्षकले नपढाउने कुरामा यो बिषयलाई कसरी पढाउने भन्ने बिषय पनि अहिलेको चुनौतीको विषय रहेको बताउदै मन्त्री थापाले यसका लागि शिक्षकहरुले लाज मान्ने चलन हटाउनुपर्ने बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: