-लेखनाथ खतिवडा-
पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिमा एक महिलालाई ज्यान मार्ने तथा बेइज्जत गरिदिने धम्की दिएर बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
स्थानीय ३५ वर्षीया महिलालाई धम्की दिएर बलात्कार गरेको आरोपमा स्थानीय ३० वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आफू घरमा नभएको बेला आफ्नी श्रीमतीलाई धाकधम्की दिई बलात्कार गरेको भन्दै महिलाका श्रीमानले असोज ५ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएका थिए ।
जाहेरीका आधारमा अभियुक्तलाई असोज ६ गते स्थानीय प्रहरी चौकीको सहयोगमा नियन्त्रणमा लिई जबरजस्ती करणी अपराध अन्तरगत मुद्दा दर्ता गरि अनुसन्धानको कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यस्तै फिदिम नगरपालिकामा एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज ५ गते इलाम घर भएका एक व्यक्तिलाई जिल्लाको फाल्गुनन्द गाँउपालिकाबाट नियन्त्रणमा लिएको थियो ।
Comment Here!