अन्ततः रहिनन् सम्झना


प्रकाशित मिति :2018-09-24 10:50:37

–महिला खबर–

ललितपुर । भदौ २८ गते किर्तिपुर अस्पताल पुग्दा रौतहट चन्द्र निगाहपुर ६ की १८ वर्षीया सम्झना दासकी १५ वर्षीया बहिनी सुस्मिता दिदीको अवस्था हामीलाई यसरी बताउँदै थिइन् ।

‘गाउँमा धेरै जसो मलाई भन्दा दिदीलाई देखेर रोएका थिए । दिदी सिरियस छ । बाँचेर पनि केही काम छैन भन्थे । काठमाडौं आएपछि दिदी र मलाई सलाइन पानी लगाइदिए । त्यसपछि मलाई साधारण बेडमा राखियो । दिदीलाई आइसियुमा राखिएको छ ।’

बहिनी सुस्मितासँग कुरा भएको ११ औँ दिनमा सम्झनाको उपचारका क्रममा आइतबार राति ११ बजे निधन भएको छ । एसिड प्रहारमा सम्झनाको ३५ प्रतिशतभन्दा बढी भाग जलेको थियो भने बहिनी सुस्मिताको ५ प्रतिशतभन्दा बढी भाग जलेको थियो ।

बहिनीको अवस्था सामान्य भएपनि सम्झनाको भने उपचारका क्रममा निधन भएको हो ।

इन्फेक्सनका कारण निधन

सम्झनाको उपचारमा संलग्न अस्पतालका डा.सुरेन्द्र बस्नेतले महिला खबरसँग कुरा गर्दै सम्झनाको इन्फेक्सनका कारण मृत्यु भएको बताए ।

उनले भने,‘हामीले छाला राखिसकेका थियौं । छाला पनि आइसकेको थियो । तर उनको इन्फेक्सनका कारण मृत्यु भयो ।’

दिदी बहिनीलाई नै गएको भदौ २६ गते राति सुतिरहेको समयमा एसिड प्रहार भएको थियो । सुस्मिताको दायाँ हात र गालामा एसिड परेको थियो भने दिदी सम्झनाको गाला, छातिमा एसिड परेको थियो ।

एसिड प्रहारको आशंकामा प्रहरीले किर्तिपुर अस्पतालमा कुरुवा आएका छिमेकी रामबाबु पासवानलाई पक्राउ गरिसकेको छ ।

यो पनि हेर्नुहोस् : 

हामी दिदी बहिनीलाई मध्यरातमा एसिड छ्यापियो

बेकसुर जलाइए दुई बालिका (फोटो फिचर)

बालिकामाथि एसिड प्रहारको आंशकामा कुरुवा नै पक्राउ

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: