एसिडले खोस्यो ६ महिनामै खुसी


प्रकाशित मिति :2018-09-24 14:09:48

–इन्द्रसरा खड्का–

ललितपुर । पहिलो र दोस्रो सन्तान छोरी जन्मिएपछि छोराकै आसमा तेस्रो सन्तान जन्मायौं । भगवानले हाम्रो चाहाना बुझेछन् । तेस्रो सन्तान छोरा जन्मियो । हाम्रो मुहारमा मुस्कान छायो ।

हुन त छोरीसँग पनि हामी दुखी छैनौं । तर छोराको आगमनले हाम्रो परिवारमा ठूलो खुसी भित्रियो । तर त्यो खुसी लामो समय टिक्न सकेन ।
जेठो छोरी लक्ष्मी बयक ५ वर्ष पुगिन् । अर्की छोरी सरस्वती ३ वर्षकी भइन् । अन्तिममा पाएको मुस्कान ६ महिना मात्रै पुगेको थियो । दुई छोरी पछिको छोराको आगमनले हाम्रो परिवारमा साँच्चै मुस्कान दिएको थियो । हामी धेरै खुसी थियौँ ।

हाम्रो समाजमा खुसी दिनलाई कि त पहिलो सन्तान नै छोरा हुनुपर्छ । नभए दोस्रो सन्तानको रुपमा छोरो हुनुपर्छ । हामीलाई ढिलै भए पनि दैवले खुसी दिएका थिए । त्यसैले पनि हामीले छोराको नाम मुस्कान राखेका थियौँ ।

हामीलाई देख्दा हाँस्थ्यो । मोबाइल दिँदा समात्न खोज्थ्यो । आफैँ फर्कन खोज्थ्यो । उसको हाउभाउ र व्यवहारले हामीलाई दिन प्रतिदिन खुसी थपिदैं गएको थियो ।

असोज २ गते मंगलबार बिहानको ११ बजेको हुँदो हो । तेल पेल्न कोल (मिल) मा गएको थिएँ म । देवसरा (श्रीमती) घरमै थिइन् । छोरालाई दुध चुसाएर घर नजिकै रहेको भैँसी गोठमा गईछन्, भैँसीलाई पानी खुआउन । दुवैजना छोरी पनि पनि आमाकै पछि लागेर गएछन् ।

१० मिनेट जति भएको हुँदो हो घरमा छोरा रोएको आवाज आयो रे । घरमै रहेकी बुहारी नाता पर्नेले छोरो रोएको भन्दै बोलाइन् ।

देवसराले जेठो छोरी लक्ष्मीलाई घरमा भाईलाई खेलाउन पठाइन् । घरमा आउँदा लक्ष्मीले मुस्कानको मुखबाट फिज आएको देखिन् । उनले ठूलो स्वरमा कराउँदै आमालार्ई बोलाईन् । देवसरा आत्तिदै घरमा पुगिन् ।

घरमा पुग्दा त मुस्कानले रुन समेत छोडी सकेको रहेछ । उसको मुखबाट फिँज आएको थियो ।  एकैछिन अघि मात्रै ठिकठाक अवस्थामा छोडेर गएको छोराको अवस्था देखेर देवसरा चकित भइन् ।

उनको होस् उड्यो । रुन कराउन थालिन् । छिमेकी जम्मा भएछन् । मलाई घरमा भएको घटनाबारे खबर भयो । म आउनुभन्दा अगाबै देवसराले छोरालाई तुर्माखाँद स्वास्थ्यचौकीमा लगिसकेकी थिइन् ।

म पनि उतै पुगें । त्यहाँबाट कमलबजार स्वास्थ्यचौकीमा लग्यौँ । त्यहाँ पनि उपचार सम्भव थिएन । गाउँकै भाईको मोटरसाइकल थियो । त्यही मोटरसाइकलमा जिल्ला अस्पताल मंगलसेन आउँदा साँझको ५ बजिसकेको थियो ।

अस्पतालमा मलमपट्टी र स्लाईन चढाउनु भन्दा विकल्प देखिएन । तुरुन्तै जिल्ला अस्पताल अछामले एम्बुलेन्स मार्फत नेपालगञ्ज पठायो ।

मेरो नाबालक छोरालाई दुःख दिएर तड्पाई–तड्पाई मारी पापीनीले । उनले कडा भन्दा कडा सजाय पाउनुपर्छ । बहिनीले दिदीको घर बसाउँछन् । हरेक सुख दुःखमा साथ दिन्छन् । तर हाम्रो त घर नै उजाड बनाइदिई । खुसी पनि लुटिदिई ।

हामी उतैबाट नेपालगञ्जतिर लाग्यौं । बिहानको ३ बजेको थियो । बर्दिया राष्ट्रिय निकुञ्जमा पुगेका थियौँ । त्यहाँ पुग्दा मुस्कान हामीबाट सदाका लागि बिदा भयो । हाम्रो मुस्कान पनि त्यहीँबाट अन्त भयो ।

त्यसपछिको अवस्था कसरी भन्न सक्छु । एकातिर भविष्यको सहारा हाम्रो छोराको मृत्यु । अर्कोतिर छोराको मृत्युले विक्षिप्त भएकी श्रीमतीको पीडा । मलाई त घर फर्केर जानै मन लागेन ।

तर, विकल्प नै थिएन । छोराको शवलाई लिएर घर फर्कनु बाहेक । कालगतिले छोरा हामीबाट अलग भएको भए पनि मनलाई सम्हाल्न सजिलो हुन्थ्यो ।

जानाजान एसिड खुवाएर छोराको मृत्य हुँदा कुनचाहिँ आमाबुबाले सहन सक्दोहोलान् । जीवनको निकै कठिन अवस्थामा छु ।

कारण घरायसी विवाद

प्रहरीले ६ महिने शिशुको हत्या आरोपमा जानकी बयकलाई पक्राउ गरेको छ । उनी मेरो आफ्नै कान्छी साली हुन् । मेरो भाइसँग उनको प्रेम विवाह भएको थियो । उनले छोरालाई एसिड खुवाएको प्रहरी समक्ष स्वीकार गरिसकेकी छिन् ।

उनलाई कसरी माफि दिउँ । परिवारमा जहिले पनि झगडा हुन्थ्यो । मेरो छोरा जन्मिएपछि उनको कचकच एकदमै बढ्दै गएको थियो ।
हामी पहिलेदेखि नै अलग बसेका थियौँ । जानकीको परिवार पल्लो कोठामा, मेरो परिवार वल्लो कोठामा ।

घटना हुनु भन्दा चार दिनअघि जानकीले २ सय ५० रुपैयाँ दिएकी थिइन् । त्यो रकम पटक–पटक मागिरहेकी थिइन् । मैले केही दिनमा दिन्छु भनेको थिएँ । त्यही झोकमा एसिड खुवाएको जस्तो लाग्छ ।

मेरो नाबालक छोरालाई दुःख दिएर तड्पाई–तड्पाई मारी पापीनीले । उनले कडा भन्दा कडा सजाय पाउनुपर्छ । बहिनीले दिदीको घर बसाउँछन् । हरेक सुख दुःखमा साथ दिन्छन् । तर हाम्रो त घर नै उजाड बनाइदिई । खुसी पनि लुटिदिई ।

छोराको वियोगमा म आफै पागल जस्तै बनेको छु । श्रीमतीको हालत उस्तै छ । अहिलेसम्म होस् आएको छैन । यस्तो पीडा त दुस्मनलाई पनि नहोस् ।

(अछाममा एसिड प्रहारबाट मृत्यु भएका नाबालक मुस्कानका बुबा महावीर बयकसँग गरिएको कुराकानीमा आधारित)

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: