असिस्टेन्टमा नाम ननिस्केपछि स्वास्थ्य चौकीमा तालाबन्दी, गर्भवती महिला समस्यामा


प्रकाशित मिति :2018-09-24 11:14:16

–महिला खबर–

ललितपुर । ल्याव असिस्टेन्टमा नाम ननिस्किएको भन्दै स्वास्थ्य चौकीमा तालाबन्दी भएपछि बैतडीका गर्भवती महिलालाई समस्या भएको छ ।

बैतडीको पुर्चौँडी नगरपालिका वडा नम्बर ९ मा रहेको तल्लादेही स्वास्थ्य चौकीमा ल्याब असिस्टेन्ट नियुक्त गर्दा आफूलाई छनौटमा नपारेको भन्दै स्थानीय लोकेश भण्डारी र उनका सहयोगीले बिहीबार स्वास्थ्य चौकीमा तालाबन्दी गरेका हुन् ।

चार दिनदेखि स्वास्थ्य चौकीमा तालाबन्दी हुँदा नियमित चेकजाँच गर्नुपर्ने गर्भवती र सुत्केरी हुन आउने महिलालाई समस्या भएको स्वास्थ्य चौकीले जनाएको छ ।

वडा नं ९ लाई आगामी आर्थिक वर्षमा घरमा हुने सुत्केरी शून्य वडा घोषणा गर्ने योजना बनाएको छ । तर, स्वास्थ्य चौकीमा तालाबन्दी हुँदा सो लक्ष्य समेत प्रभावित भएको स्वास्थ्य चौकी इन्चार्ज हेमन्त साउँदले बताए ।

इन्चार्ज साउँदले भने, ‘नेपाल सरकारको प्रोटोकल अनुसार गर्भवती महिलाले चार पटक गर्भ जाँच गराउनुपर्ने हुन्छ । तालाबन्दीका कारण गर्भवती महिलाको स्वास्थ्य जाँच पनि रोकिएको छ ।’

तल्लादेही स्वास्थ्य चौकीले वडा नं ९ लाई आगामी आर्थिक वर्षमा घरमा हुने सुत्केरी शून्य वडा घोषणाको लक्ष्य लिएको छ ।

त्यसका लागि वडाभरीका गर्भवती महिलाले नेपाल सरकारको प्रोटोकल अनुसार चार पटक गर्भ जाँच गराएको हुनुपर्ने, गर्भवती महिलाले आइरन चक्की र जुकाको औषधि सेवन गरेको हुनुपर्ने, एक वर्षभित्र वडाभरी कुनै पनि महिला घरमा सुत्केरी नभएको हुनुपर्ने लगायतका सूचक पूरा गर्नुुपर्ने हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: