अनेमसंघद्वारा संचारिकाका नयाँ कार्यसमितिलाई सम्मान


प्रकाशित मिति :2018-09-25 11:18:10

-महिला खबर-

ललितपुर । अखिल नेपाल महिला संघ (अनेम संघ)ले संचारिका समूहको नयाँ नेतृत्वलाई सम्मान गरेको छ । संघकै कार्यालय काठमाडौंमा एक कार्यक्रमकाबीच सम्मान गरिएको हो ।

कार्यक्रममा संघकी अध्यक्ष गोमा देवकोटाले अनेम संघ लगायत संगठनले महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशतका कुरा उठाउँदै आएको भन्दै भोलिको लक्ष्य समान अधिकार रहेको बताइन् । पत्रकार देशको चौथो अंग भएको भन्दै महिलाका विषयलाई सही ढंगले उठान गर्न आग्रह गरिन् ।

अनेमसंघ क्रान्तिकारीका अध्यक्ष अमृता थापा मगरले सञ्चारिकाका नयाँ कार्य समितिलाई बधाई दिँदै सशक्त ढंगले अघि बढ्न आग्रह गरिन् । उनले महिलाका मुद्दा साझा मुद्दा भएको भन्दै यसलाई अगाडि बढाउन एक भएर जानुपर्ने बताइन् ।

संचारिकाका अध्यक्ष नितु पण्डितले पछिल्लो समय पत्रकारिता क्षेत्रमा महिलाको आकर्षण बढे पनि नीति निर्माण तहका महिलाहरु नरहेको बताइन् । उनले आगामी दिनमा पनि मिडियामा महिलाका विषयलाई संचारिका समूहले सशक्त भएर उजागर गर्ने बताइन् ।

 

कार्यक्रममा दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको भन्दै संचारिकाकी निवर्तमान अध्यक्ष निर्मला शर्मालाई सम्मान गरिएको थियो ।

 

कार्यक्रमको सहजिकरण अनेमसंघकी प्रचार विभाग प्रमुख शान्ति अधिकारीले गरेकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: