बोक्सी आरोपमा कुटिएकी अधिकारकर्मी ढकालको निधन


प्रकाशित मिति :2018-09-25 12:31:44

–महिला खबर–

ललितपुर । गत वर्ष बोक्सी आरोपमा आफ्नै छिमेकीबाट निर्घात कुटिएकी अधिकारकर्मी राजकुमारी ढकालको निधन भएको छ । वीरगञ्ज निवासी ढकालको सोमबार दिउँसो आफ्नै निवासमा निधन भएको हो ।

६० वर्षकी ढकाललाई उच्च रक्तचाप र दमको समस्या थियो ।

एक वर्ष अघि असोज ८ गतेकै दिन स्थानीयले बोक्सी आरोपमा घरमै प्रबेश गरेर कुटपिट गरेका थिए । कुटपिटपछि उनको स्वास्थ्य समस्या निकै बल्झिदै गएको स्थानीय पत्रकार कविता खड्काले बताईन् ।

केही दिनअघि उच्च रक्तचापको समस्या बढेपछि उनलाई अस्पताल लगिएको थियो । उपचारपछि केही निको भएपछि घर ल्याइएको चौथो दिनमा उनको निधन भएको पत्रकार खड्काले बताईन् ।

सोमबार निधन भए पनि ढकालको आज मंगलबार बिहान दाहसंस्कार गरिएको हो ।

ढकाल लामो समयदेखि वीरगञ्जमा रहेर महिला अधिकारको क्षेत्रमा सक्रिय थिईन् । उनका ३ छोरा र एक छोरी छन् ।

राजकुमारी ढकाल पत्रकार तथा अधिकारकर्मी रसना ढकालकी आमा हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: