रौतहट एसिड घटना : प्रदेश सरकारले थप तीन लाख सहयोग गर्ने


प्रकाशित मिति :2018-09-25 14:12:15

–महिला खबर–

ललितपुर । रौतहट चन्द्रनिगाहपुरमा एसिड प्रहारबाट मृत्यु भएकी सम्झना दासको परिवारलाई प्रदेश सरकारले थप तीन लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

दासको निधनप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारलाई राहत दिने घोषणा गरेका हुन् । मृतककी बहिनी सुस्मिता दासको उपचार र मृतकको राहत स्वरूप ‘बेटी बचाउ, बेटी पढाउ’ योजनाबाट तीन लाख रुपैयाँ रकम दिने घोषणा गरिएको प्रदेश सरकारले बताएको छ ।

यसअघि गम्भीर घाइते दिदीबहिनीको उपचारका लागि प्रदेश सरकारले एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

मुख्यमन्त्री राउतले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहरिन नदिन आवश्यक उपाय र कानूनी रायसहित लिखित प्रतिवेदन १५ दिनभित्र पेश गर्न मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालाई निर्देशन समेत दिएका छन् ।

गएको भदौ २६ गते राति सुतिरहेको अवस्थामा दिदी बहिनीमाथि एसिड प्रहार भएको थियो । एसिड प्रहारबाट गम्भीर घाइते दिदी सम्झनाको गत आइतबार राति मृत्यु भएको छ । बहिनीको भने अवस्था सामान्य रहेको उपचार संलग्न किर्तिपुर अस्पतालका डाक्टर सुरेन्द्र बस्नेतले जानकारी दिए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौं किर्तिपुर अस्पतालमा कुरुवाका लागि आएका छिमेकी रामबाबु पासवानलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: