एसपी किरणले भनिन्, ‘यसरी हान्नु किक’


प्रकाशित मिति :2018-09-25 15:04:24

–महिला खबर–

बारा । प्रहरी उपरीक्षक एवं प्रशिक्षक किरण बज्राचार्यले बाराका स्कूले बालिकालाई किक हान्न सिकाएकी छन् ।

परिचित वा अपरिचित व्यक्तिबाट यौन हिंसा भएको खण्डमा अपराधीबाट आफूलाई जोगाउनका लागि उनले किक हान्न सिकाएकी हुन् ।

बालिकाहरुलाई आत्मरक्षा (self defence) गर्न सिकाउदै क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाकी प्रमुख तथा प्रहरी उपरीक्षक एवं प्रशिक्षक बज्राचार्यले यौन हिंसाबाट जोगिन मानसिक र शारीरिक रुपमा कसरी तयार हुने भन्ने बारेमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दिएको बताइन् ।

उनले एक्लो अवस्थामा कुन तरिका अपनाउने, अपरिचित व्यक्तिको सामना कसरी गर्ने, बाहिर यात्रा गर्न व्यागमा के कस्ता सामान बोक्ने, कस्तो पोजिशनमा बस्ने, मोबाईलको सही प्रयोग, स्पिड डायल, आकस्मिक घटनालाई रोक्न वा त्यसबाट बच्न के गर्ने भन्ने बारेमा पनि बालिकाहरुलाई जानकारी दिइन् ।

लैंगिक हिंसा विरुद्धको अभियानका संयोजक राजनकुमार श्रीवास्तवले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाले यौन हिंसा विरुद्ध डटेर लड्न सबै बालिकाहरु तयार बनाउनुपर्ने आवश्यकता देखिएको बताए ।

कार्यक्रम विरगंजस्थित पाठशाला संस्थाको पहलमा भएको थियो ।

Image may contain: 19 people, people smiling

Image may contain: 4 people, people smiling, people standing

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: