पोखरा बलात्कार घटनाः प्रारम्भिक अनुसन्धानबाटै दोषी पहिचान


प्रकाशित मिति :2018-09-26 10:48:38

–महिला खबर–

ललितपुर । कास्कीको पुम्दी भुम्दी कोदीकी ९ वर्षीया बालिकाको बलात्कारपछि हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्ति को हुन् भन्ने बारे भने प्रहरीले खुलाउन मानेको छैन ।

सोमबार बेलुका ६ बजे घरबाट हराएकी ९ वर्षीया बालिका मंगलबार बिहान झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन् ।

घटना लगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले २४ घण्टा नपुग्दै घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका व्यक्ति र घटना बारे आज दिउसो जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलनमार्फत जानकारी दिने प्रहरी प्रवक्ता रवीन्द्र गुरुङले महिला खबरलाई बताए ।

शंकास्पद केही व्यक्तिलाई अनुसन्धान गर्ने क्रममा एकजनाले अपराध स्वीकार गरिसकेको गुरुङले बताए ।

प्रहरीको टोलीले घटना र घटनास्थल बारे थाहा पाउनेबित्तिकै घटनास्थल सुरक्षित गर्नेदेखि अन्य प्रारम्भिक अनुसन्धानको काम गरेका कारण तत्काल दोषीको पहिचान गर्न सकिएको जिकिर प्रहरीको छ ।

मंगलबार बिहान ८ बजे स्थानीय बासिन्दाले घटनाबारे खबर गर्ने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो ।

सोमबार साँझ विद्यालयबाट फर्केर बिस्कुट किन्न पसल जाँदै गरेकी बालिकाको पसलसम्म पुग्न नपाउदै बलात्कारपछि हत्या भएको अनुमान गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: