हिंसा विरुद्ध डटेर काम गर्छुः सभापति, निरुदेवी पाल


प्रकाशित मिति :2018-09-26 14:50:54

–महिला खबर–

ललितपुर । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले बालिका तथा महिला हिंसा विरुद्ध डटेर काम गर्ने बताएकी छन् ।

पत्रकार महिलाहरुको संस्था संचारिका समूहको नव निर्वाचित कार्य समितिका पदाधिकारीलाई आफ्नै कक्षमा बधाई तथा शुभकामना दिँदैं सभापति पालले यस्तो बताएकी हुन् ।

सो अवसरमा उनले महिला हिंसाका घटनाप्रति सरकारलाई जवाफदेही बनाउनका लागि आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता पनि गरिन् ।

देशमा दिनप्रतिदिन भइरहेका महिला हिंसाका घटनाले मान्छेहरुमा भय र त्रासको अवस्था सृजना भएको भन्दै उनले आफ्ने समितिले सरकारलाई जवाफदेही बनाउन प्रभावकारी ढंगले काम गर्ने बताएकी हुन् ।

सभापति पालले सबैले आ–आफ्नो ठाउँबाट निडर भएर हिंसा विरुद्ध आवाज उठाउने हो भने पीडितले न्याय पाउने विश्वास व्यक्त गरिन् ।

पत्रकारले पीडितको पक्षमा कलम चलाएको खण्डमा न्याय टाढा नभएको भन्दै महिला हिंसा विरुद्धको अभियानमा मिलेर काम गर्न पत्रकार महिलाहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै संचारिका समूहकी अध्यक्ष नितु पण्डितले महिला हिंसा विरुद्ध सबैले मिलेर काम गरेको हिंसा न्यूनिकरणमा टेवा पुग्ने बताइन् ।

उनले छोरी बचाउ मात्रै होइन, छोरालाई सम्झाऔं, बुझाऔं अभियान थाल्न जरुरी भएको बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: