बालिका हत्या प्रकरणः पौडेल विरुद्ध मुद्दा दर्ता


प्रकाशित मिति :2018-09-27 11:56:34

–महिला खबर–

ललितपुर । पोखरामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने २७ वर्षका कुसुम पौडेललाई प्रहरीले जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवं प्रवक्ता रविन्द्र गुरुङले महिला खबरसँग कुरा गर्दै पक्राउ परेका पौडेल विरुद्ध बुधबार नै जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको बताए ।

उनले भने, ‘पौडेलले आफूले घटना आफूले गराएको स्वीकारी सकेका छन् । उनको थप म्याद थप गरि अनुसन्धान गरिराखेका छौं ।’

पोखराकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको थियो ।

पौडेललाई बुधबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरि सार्वजनिक गरिसकेको छ ।

पोखरामा ज्यालादारीको काम गर्दै आएका पौडेलले रक्सीको नशाको सुरमा बलात्कार गरेर हत्या गरेको स्वीकार गरेको डिएसपी गुरुङले बताए ।

पौडेलले पत्रकार सम्मेलन मै पनि आफूले बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए ।

यसरी भएको थियो घटना

जाँडले मातेका पौडेल सोमबार बिहान ११ बजेदेखि हेमबहादुर विकको भट्टीमा रक्सीले टिल परेर बसेर साथीहरुसँगै १२ बजे घर पुगेका थिए । उनीहरुले त्यति बेला नै भट्टीबाट रक्सी बोकेर उदय केसीको घरमा थप रक्सी पिएका थिए ।

रक्सीले टिल परेका कुसुम बेलुकी पौने पाँच बजे मात्रै चुरोट किन्न भन्दै केसीको घरबाट निस्केका थिए ।

चुरोट किन्न हिँडेका उनले बिस्कुट किन्न हिँडेकी बालिकालाई बाटोमा भेटेका थिए । मामा घरमा बस्ने बालिकालाई मामाघरबाट करिब ७० मिटर तलको मन्दिरनजिकै कुसमले भेटे । वरपर छेउछाउ कोही नदेखेपछि बलात्कार गर्ने मनसायले चक्लेट खाऊ भन्दै पाँच रुपैयाँ पैसा दिए ।

पाँच रुपैयाँ पाएर मक्ख परेकी बालिकालाई पुनः १० रुपैयाँ दिएर पौडेलले प्रलोभनमा पार्ने कोशिस गरे ।

बालिकाले प्रतिकार गरेपछि कुसुमले झाडीमा धकेलिदिए । बालिका लडेकै ठाउँमा पुगेर कुसुमले घाइते बालिकालाई बलात्कार गरे । उनी रुन, कराउन र चिच्च्याउन थालिन् । उनी चिच्च्याएपछि कुसुमले घाँटी थिचेर हत्या गरेका थिए ।

बालिका बेहोस भएपछि मरिसकी भन्दै उनले त्यहीँ रहेको ढुंगाले अनुहार र टाउकोमा हिर्काए । नजिकै रहेको बाँसघारीको बाटोबाट कुसुम सडकमा निस्के । सडकमा निस्केका उनले त्यहीँ रहेको पानीको मूलमा हातखुट्टा धोएर निरज खाजा घरमा चुरोट किनेका थिए ।

सोमबार साँझ आफ्नै हजुरआमासँग पैसा मागेर घर नजिककैको पसलमा बिस्कुट किन्न गएकी बालिका घर नफर्केपछि सोधीखोजी हुन थाल्यो । खोजीका क्रममा मंगलबार बिहान उनी मृत अवस्थामा फेला परिन् ।

बालिकाको तलको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्म पुर्याइएको स्थानीयले बताएका छन् । शव नजिकै रगत लत्पतिएको तीखो ढुंगासमेत भेटिएको थियो ।

मृतक बालिका कोदीकै लीला आधारभूत माध्यामिक विद्यालयमा कक्षा ३ मा पढ्थिन् । बालिका करिब दुई वर्षअघिबाट दिदी र आमासँग मामा घरमा बस्दै आएकी थिइन् ।

उनको शवलाई मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । रिपोर्टबाट बलात्कारपछि हत्या भएको प्रमाणित भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: