हिंसा रोक्न मन्त्री र प्रहरी प्रमुखबीच छलफल


प्रकाशित मिति :2018-09-27 16:45:17

–इन्द्रसरा खड्का–

ललितपुर । महिला तथा बालिकामाथि बलात्कारजन्य अपराध बढ्दै गएपछि प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले मन्त्री र प्रहरी प्रमुखसँग छलफल गरेको छ ।

समितिले महिला हिंसाको अवस्था र यसको अन्त्य कसरी गर्ने भन्ने विषयमा गृहमन्त्री, महिलामन्त्री र प्रहरी प्रमुखसँग छलफल गरेको हो ।

छलफलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालयले हिंसा विरुद्ध कार्ययोजना बनाई अघि बढेको बताए ।

मन्त्रालयले गरेको कामको जानकारी दिँदै मन्त्री बादलले भने, ‘अब हामी स्थानीय तहबाटै अपराध बिरोधी आन्दोलन थाल्छौं । गृहमन्त्रालयले ८२ बुँदे कार्ययोजना बनाइ अपराध विरुद्ध अभियानको थालनी गरेका छौं ।’

मदिरा, ड्रग्स र इन्टरनेट सञ्जाल पनि महिलामाथि हुने हिंसाको कारक भएकोले यसको नियन्त्रण गर्न आवश्यक भएको मन्त्री थापाले बताए ।

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापाले हत्या हिंसा बलात्कार भइरहेका ठाउँमा प्रशासन र जिम्मेवार निकायसँग बुझ्नै काम मन्त्रालयले गरिरहेको बताईन् ।

उनले बालिका दिनहुँ बलात्कारको सिकार हुनु चिन्ताको विषय भन्दै स्थानीय सरकारले विशेष भूमिका खेले यस्ता अपराध न्यूनिकरण हुने बताइन् ।

मन्त्रालयले दुई सय स्थानीय तहसँग महिला हिंसा सम्बन्धी अन्तरक्रिया र छलफल गरिसकेको बताउँदै अब देशभर सचेतनामूलक कार्यक्रम सुरुआत गर्ने पनि उनको भनाइ थियो ।

सोही कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ८५ प्रतिशत बलात्कारका अभियुक्तलाई पक्राउ गरेको दाबी गरे । उनले भने, ‘केही अपराधी फरार रहेकाले उनीहरुलाई पक्राउ गर्न तत्काल नसकेपनि प्रहरी अनुसन्धानमा प्रतिबद्ध भएर लागिरहेको छ ।’

उनले जबरजस्ती करणीमा ६९ प्रतिशत घटना साथी र चिनजानका व्यक्तिबाटै हुने गरेको पाइएको पनि बताए ।

देशका ७७ वटै जिल्लामा प्रहरीले महिला तथा बालबालिका सेन्टरको स्थापना गरेर महिला हिंसाका घटनाबारे काम गरिरहेको उनले जानकारी गराए ।

महिला तथा सामाजिक समितिका सभापति निरु पालले बलात्कारपछिको हत्याले बालिकालाई जोगाउन मुस्किल भएको भन्दै अब मन्त्रालय र सरोकारवालाले कसरी अघि बढ्ने भन्ने विषयमा प्रष्ट हुनुपर्ने बताईन् ।

५ महिनामा करिब ७ हजार महिला हिंसा

गृह मन्त्रालयले २०७५ साल बैशाखदेखि ५ महिनाको अवधीमा ६ हजार ९ सय ८ महिला हिंसाका घटना दर्ता भएको जनाएको छ ।

देशभर प्रहरी कार्यालय र मन्त्रालयमा यी मुद्धा दर्ता भएका हुन् । जसमा ७ सय १० वटा जबरजस्ती करणीका घटना भएका छन् । भने ३ सय ९१ वटा जवरजस्ती करणी उद्योगका घटना भएको जनाएको छ ।

यस्तै बहुविवाह ३ सय ४०, बालविवाह ४०, घरेलु हिंसा ५ हजार ४ सय १७ र अवैध गर्भपतनका १० वटा घटना ५ महिनाको अवधीमा भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

यो तथ्याङकले महिला हिंसाका घटना विगतको भन्दा १० प्रतिशत बढेको देखाउने गृहमन्त्रालयका सचिव प्रेम राईले बताए । मन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यलयसँग समन्वय गरिरहेको राइले भने, ‘जबरजस्ती करणीका घटनाले भयावह स्थिती सार्वजनिक गरेको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: