प्रहरी महानिरीक्षक भन्छन्, ‘बम्जनलाई पक्रिन सकिन्न’


प्रकाशित मिति :2018-09-27 17:14:27

–महिला खबर–

ललितपुर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बलात्कारको आरोप लागेका धर्म गुरु भनिने रामबहादुर बम्जनलाई पक्राउ गर्न नसकिने बताएका छन् ।

महिला हिंसाको अवस्था र यसको अन्त्य कसरी गर्ने भन्ने विषयमा बिहीबार प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले मन्त्री र प्रहरी प्रमुखसँग गरेको छलफल कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन् ।

उनले बलात्कृत भएको २ वर्षपछि किशोरीले बलात्कार बारे मुख खोलेका कारण घटनाको हदम्याद नाघिसकेकोले उनलाई पक्राउ गर्न नसकिएको बताए ।

‘तत्कालिन कानून अनुसार बलात्कार भएको ६ महिनाभित्रै उजुरी गर्नुपर्ने थियो’ महानिरीक्षक खनालले भने, ‘भदौ १ गतेदेखि लागु भएको फौजदारी संहिताले समेत बलात्कारका घटना विरुद्ध उजुरी दिनुपर्ने हदम्याद १ वर्ष मात्रै तोकेको छ ।’ उनले घटना २ वर्ष अघि भएका कारण कानूनी रुपमा उनलाई पक्राउ गर्न नमिल्ने समेत बताए ।

रौतहटकी एक १८ वर्षीया किशोरीले आफू आनी बन्न गुम्बा जाँदा धर्मगुरु बम्जनले बलात्कार गरेको आरोप लगाएकी छन् ।

बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनले आफूलाई एक पटक बलात्कार र त्यसपछि पनि पटक–पटक बलात्कारको प्रयास गरेको बताउँदै किशोरी न्याय माग्न काठमाडौं आएकी थिईन् ।

प्रहरीले उजुरी गर्ने हदम्याद सकिएको भन्दै उजुरी समेत लिन नमानेका बेला प्रहरी महानिरीक्षक खनालले यस्तो बताएका हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: