‘समाचारले प्रभावित महिलालाई झन् पीडित बनायो’


प्रकाशित मिति :2018-09-28 13:06:41

–महिला खबर–

ललितपुर । सञ्चारमाध्यममा आउने लैंगिक हिंसासँग सम्बन्धित समाचारले प्रभावित महिलालाई झन् पीडित बनाएको एक कार्यक्रमका वक्ताले बताएका छन् ।

सञ्चारिका समूहले उत्पादन गर्ने कार्यक्रम ‘समकोण’ छायांकनका क्रममा वक्ताहरुले विशेषगरी अनलाइन सञ्चारमाध्यममा आउने समाचारका कारण महिलाहरु पीडित भइरहेको बताए ।

कार्यक्रममा अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापाले अधिकांश सञ्चारमाध्यम महिलासित सम्बन्धित समाचार सम्प्रेषणमा सकारात्मक भए पनि केही सञ्चारमाध्यमका कारण महिलाहरु पीडित भएको बताए ।

उनले आफूहरुले पनि महिलाका समाचारलाई प्राथमिकता दिएको बताए । कहिलेकाहीँ अरु विषयका कारण महिलाका विषय ओझेलमा पर्ने गरेको बताए ।

लेखक तथा विश्लेषक युग पाठकले सञ्चारमाध्यममा अझैं पनि महिलासित सम्बन्धित विषय महिलाका मात्रै हुन् भन्ने सोच कायमै रहेको बताए ।

कार्यक्रममा लेखक सरला गौतमले सञ्चारमाध्यममा आएका समाचारका विरुद्धमा कानूनी उपचार पाउने कुनै ग्यारेन्टी नभएको बताइन् ।

यस विषयमा भएको छलफल कान्तिपुर टेलिभिजनमा आज शुक्रबार राती ९ बजेदेखि १० बजेसम्म हेर्न सकिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: