सूचनाको हकको उपयोग बढ्दै गएको छ : प्राधानन्यायाधीश मिश्र


प्रकाशित मिति :2018-09-28 17:18:05

–महिला खबर–

ललितपुर । प्राधानन्यायाधीश ओमप्रकाश मिश्रले वर्तमान समयमा सूचनाको हकप्रतिको आकर्षण र सूचनाको हकको उपभोगमा वृद्धि हुँदै गएको बताएका छन् ।

राष्ट्रिय सूचना आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवस २०१८’ कार्यक्रमलाई सम्बोधन गर्दै प्राधानन्यायाधीश मिश्रले केही निषेधित अवस्था बाहेक कुनै पनि नागरिकलाई सूचना प्राप्ति र प्रयोग गर्नबाट बञ्चित गर्न नसकिने बताए ।

प्राधानन्यायाधीश मिश्रले जनता सूचनाको हकको सूनिश्चित गर्ने क्रममा आयोगले न्यायिक निकायका रुपमा काम गर्न सकेको पनि बताए ।
कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाले सूचनाको हकको क्षेत्र वृहत रहेको भन्दै सूचनाको हकको भरपुर उपयोग गर्न आग्रह गरे ।

आयोगकी आयुक्त यशोधा तिम्सिनाले सूचनाको हकले सार्वजनिक सरोकारका प्रायः सबै चासोको जवाफ दिने बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि प्राधानन्यायाधीश मिश्रले आयोगको इजालसको उद्घाटनका साथै इजालस सञ्चालन सम्बन्धी निर्देशिका २०७५ को विमोचन समेत गरेका थिए ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: