निर्मला हत्या प्रकरण : एसपीसहित तीनैजनाको डीएनए ‘नेगेटिभ’


प्रकाशित मिति :2018-09-30 10:50:01

–महिला खबर
ललितपुर । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्टसहित आशंका गरिएका तीनैजनाको डीएनए परीक्षण रिपोर्ट सार्वजनिक भएको छ । तर रिपोर्टमा तीनै जनाको ‘नेगेटिभ’ देखाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार तीनैजनाको डीएनए रिपोर्ट ‘नेगेटिभ’ देखिएको हो ।

घटनामा संलग्न भएको आशंकामा एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए परिक्षण गरिएको थियो ।

यसअघि पनि प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरिएका दिलिपसिंह विष्टको समेत डीएनए परिक्षण गरिएको थियो । उनको पनि रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।

कञ्चनपुरका बासिन्दाले सुरुदेखि नै एसपी विष्टका छोरा किरण र मेयरका भतिजा आयुषमाथि छानबिन गर्न माग गर्दै आएका थिए । तर लामो समयसम्म उनीहरुमाथि अनुसन्धान गरिएको थिएन् ।

एसपी विष्टले पनि अनुसन्धानमा लापरवाही गर्नुका साथै प्रमाण नष्ट गर्न भूमिका खेलेको सरकारी छानविन समितिले जनाएको छ । छानविन समितिकै सिफारिसका आधारमा एसपी विष्टलाई निलम्बन गरिएको छ ।

गएको साउन १० गते साथी रोशनी बमको घर गएकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । घटना भएको दुई महिना भन्दा बढी हुँदा पनि हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकिएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: