हिंसाले बालिकाको मस्तिष्कमा असर पर्योः उप प्रधानमन्त्री पोख्रेल


प्रकाशित मिति :2018-09-30 15:17:32

–महिला खबर–

ललितपुर । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोख्रेलले बढ्दै गएका बलात्कार, हत्या हिंसाले बालिकाको मस्तिष्कमा असर परेको बताएका छन् ।

आज काठ्माडौंमा भएको दोस्रो बालिका सम्मेलन २०७५ लाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले यस्ता विकृतीको अन्त्य गर्न सामाजिक चेतना र जागरणको अभियान शुरु गर्नुपर्ने बताए ।

बालबालिकाको व्यक्तित्व विकास गर्न परिवार र अभिभावकको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

उनले भने, ‘आजका बालबालिका शिक्षा, स्वास्थ्य लगायत हरेक कुराबाट सक्षम भएमात्रै भोलिको पुस्ता बलियो हुनेछ । यसका लागि अहिलेका तिनै तहका सरकारको भूमिका उत्तिकै रहन्छ ।’

अहिलेका बालबालिका अस्ताउन लागेको सूर्य नभई उदाउन लागेको सूर्य भएकाले प्रत्येक अभिभावकले आफ्ना बालबालिकाको संरक्षण गर्नुपर्ने बताए ।

‘सक्षम बालिका सम्बृद्ध नेपाल’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मेलनमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालिकामाथि हुने अपराधका घट्ना दिन प्रतिदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गरिन् ।

देश संघीय संरचनामा गई तिन तहको सरकार गठन भइसक्दा समेत अपराधका घटना मौलाउँदै गएकाले न्यूनीकरणका लागि सबैले आ आफ्नो ठाउँबाट लाग्नुपर्ने उनले बताइन् ।

सरकाले सन् २०३० सम्म बालविवाह लगायत बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न भन्दै राष्ट्रिय रणनीति तयार पारि काम गर्न सुरु गरेको पनि उनको भनाइ छ ।

उमेर नपुग्दै विवाह गर्नुपर्ने, सन्तानको आमा हुनुपर्ने समस्या बालिकाले भोग्दै आएकाले उनीहरुको स्वास्थ्यमा नकारात्मक असर परेको कोइरालाले बताइन् ।

राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारीले बालबालिका सम्बन्धी बनेका ऐन, कानून प्रभावकारी रुपका कार्यान्यवन गर्नुपर्ने बताइन् । समतामूलक समाज निर्माणको लागि महिला तथा बालिकामाथि हुने हिंसाको अन्त्य गर्न मुख्य चुनौती रहेको बताइन् ।

UNFPA नेपालकी सद्भावना दूत अभिनेत्री एवं समाजसेवी मनिषा कोइरालाले नेपालका बालिका आफ्नै परिवार तथा चिनजानका व्यक्तिबाटै असुरक्षित हुनु दुःखद भएको बताइन् ।

उमेर नपुग्दै विवाह गर्नुपर्ने, सन्तानको आमा हुनुपर्ने समस्या बालिकाले भोग्दै आएकाले उनीहरुको स्वास्थ्यमा नकारात्मक असर परेको कोइरालाले बताइन् ।

बालिका आस्मा बस्नेतले बालिका आमाको पेटभित्रैबाट हिंसाको सिकार हुने गरेको बताइन् ।

पेटमा हुँदा चेकजाँच गरेर छोरा भए पाल्ने, छोरी भए फाल्ने प्रवृत्तिले पेटभित्रैबाट आफूहरु विभेदमा पर्ने गरेको बस्नेतले बताइन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना र युनिसेफ नेपाल, संयुक्त राष्ट्रसंघीय जनसंख्याकोष लगायत विभिन्न संघसस्थाको सहयोगमा सम्मेलन आयोजना गरिएको हो ।

यो भन्दा अघि ७ वटै प्रदेशमा बालिका सम्मेलन सम्पन्न भइसकेको पनि कार्यक्रममा जानकारी गराइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: