झापामा प्रिन्सिपलले गरेको यौन दुर्व्यवहार मिलापत्र


प्रीन्सिपल पदमुक्त

प्रकाशित मिति :2018-09-30 16:03:57

-बिष्णुप्रसाद पोखरेल-

दमक । झापाको दमकमा रहेको एक विद्यालयका प्रीन्सिपल छात्राहरुमाथि दुर्व्यवहार गरेको अभियोगमा पदमुक्त भएका छन् । विद्यालय सञ्चालक समितिले पनि समेत घटनाप्रति माफी मागेको छ । यद्यपि यौन दुर्व्यवहार जस्तो जघन्य अपराध अदालत जानु पर्नेमा भने गुपचुपमा मिलापत्र गरिएको छ ।

दमक वडा नं. ५ मा रहेको एकता एकेडेमीका प्रीन्सिपल भारतीय नागरिक साजी बाबुलाई विद्यार्थीमाथि दुर्व्यवहार गरेको अभियोगमा पदमुक्त गरिएको हो ।

अभिभावकहरुले कार्वाही गर्न दबाब दिएपछि विद्यालय व्यवस्थापन तथा प्रशासनले आउने दिनमा यस्ता घटना हुन नदिन पहल गर्ने प्रतिवद्धतासहित लिखित हस्ताक्षर समेत गरेको छ ।

बालिका छात्रालाई कम्यूटर कक्षामा लगेर दुर्व्यवहार गर्ने खुलेपछि यस विषयमा आपसी समझदारीमा प्रीन्सिपललाई कार्वाही गरेर यो विषय थामथुम गर्न खोज्दा सामाजिक सञ्जालमा भने यसको बिरोध भइरहेको छ ।

१२ गते शुक्रबार विद्यालय सञ्चालक समिति र अभिभावकहरुबीच भएको भेलाले विद्यालयबाट नीज शिक्षकलाई पदमुक्त गर्ने निर्णय गरे पनि प्रहरीमा भने यस विषयमा उजुरी नपरेको बताईएको छ ।

एक अभिभावकका अनुसार प्रहरीमा उजुरी दिँदा बारम्बार प्रहरी कार्यालय र अदालतमा बालिकालाइ लैजानु पर्ने र पीडित बालिका सार्वजनिक डर देखाइएकाले उजुरी नगरिएको हो ।

बालिकाका अभिभावकले भने, ‘छोरीलाइ बारम्बार रुपमा त्यो विषय उठाउँदा मानसिक रुपमा समस्या होला भनेर उजुरी गरिएको छैन ।’

इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले यस विषयमा प्रहरीलाइ जानकारी नभएको बताए । आफूलाइ यस विषयमा कुनै जानकारी नभएको र कसैले उजुरी पनि नहालेको उनको भनाइ छ ।

प्राथमिक तहमा पढ्ने विद्यार्थी दुर्व्यवहार गरेको आरोप लागेका साजी बाबु भने ३ दिनदेखि फरार रहेको बताइन्छ ।

विद्यालयले अवकाश दिएको बताएपछि साजी बाबु विद्यालयको सम्पर्कमा नरहेको उक्त विद्यालयका एक शिक्षकले बताएका छन् ।

साजी बाबु दमकमा दुई दशकभन्दा अघिदेखि विभिन्न विद्यालयहरुमा पढाउदै आएका थिए । दमकमा डेरा गरी बस्दै आएका ६५ वर्षीय साजीको घर भारतको केरला भएको बताइन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: