महिला हिंसा रोक्न चितवन प्रहरीको अभियान


प्रकाशित मिति :2018-09-30 16:31:52

–महिला खबर–

ललितपुर । जिल्ला प्रहरी कार्यालय चितवनले महिला बालबालिका विरुद्ध हुने हिंसा नियन्त्रणको लागि विशेष अभियान सुरु गरेको छ ।

प्रहरीले शुक्रबार विशेष कार्यक्रम गरेर अभियानको सुरुआत गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रभूप्रसाद ढकालका अनुसार प्रहरीले महिला बालबालिका माथि हुने हिंसाको नियन्त्रण, लागु औषध नियन्त्रण र सामुदायिक सुरक्षाको लागि विशेष अभियान सुरु गरेको हो ।

अभियान अन्तर्गत जिल्लाका सबै निजी तथा सामुदायिक विद्यालयका माध्यामिक तहका विद्यार्थीहरुलाई महिला हिंसा भनेको के हो ? यसबाट कसरी जोगिने, सामाजिक सञ्जालको दुरुपयोगबाट कस्ता समस्या निम्तिन सक्छन् भन्ने विषयमा जानकारी गराईने उनले बताए ।

त्यसैगरी जिल्लाका सबै स्थानीय तहका वडामा आमा समूह, किशोरी समूह, युवा समूह लगायतलाई यौन हिंसा, घरेलु हिंसा लगायतका महिला हिंसासँग सम्बन्धित कानूनको विषयमा जानकारी गराइने उनले बताए । साथै आफ्ना छोराछोरीलाई लागुऔषधको जोखिममा फस्नबाट कसरी जोगिने भन्नेबारे पनि सचेत गराईने जनाइएको छ ।

अभियान अन्तर्गत अहिलेसम्म ११ विद्यालय र ३ वटा टोलमा सचेतनामूलक प्रशिक्षण कार्यक्रम सकिएको पनि उनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: