‘बलात्कार रोक्न छुट्टै कानुन बनाउनुपर्छ’


प्रकाशित मिति :2018-10-01 16:35:56

–महिला खबर–

ललितपुर । पुरुषलाई शक्तिशाली र शासक ठान्ने सामाजिक संरचनाले अहिले पनि लैगिंक हिंसाका घट्ना बढ्दै गएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

नेपाल अध्ययन केन्द्रले आयोजना गरेको ‘सामाजिक संरचना र लैगिंक हिंसा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीले पहिलेदेखि नै पुरुषलाई शासकको दर्जा दिएकाले अहिले पनि पुरुषले हैकम जमाउन खोजिरहेको बताएका हुन् ।

नेतृ अष्टलक्ष्मी शाक्यले नेपालमा व्यवस्था फेरिए पनि व्यवहार नबदलिएको बताएकी छन् । हिजो र आजको सामाजिक संरचना फेरिएपनि मानिसले गर्ने व्यवहार र सोच नबदलिएकाले दिनहुँ बिकृतीका घट्ना बढदै गएको उनको भनाइ छ ।

अझै पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिर्वतन नआएको बताउँदै उनले अब बालिका बलात्कारको छुट्टै कानून बनाउन आवश्यक रहेको बताइन ।

सोही कार्यक्रममा बोल्दै सांसद रामकुमारी झाँक्रीले सबै पुरुष बलात्कारी र सबै महिला बलात्कारको सिकार नहुने बताइन् ।

भन्छिन्, ‘सामाजिक संरचना र वर्गीय हिसाबले महिलामाथि हिंसा भइरहेको छ । हुनेखाने वर्ग र तल्लो तह रहेको समाजमा गरिब घरपरिवारका महिला र बालिका जोखिममा रहेका छन् ।’

महिलाको सुन्दरतादेखि पाठेघरसम्म बिक्री हुनेगरेको भन्दै झाँक्रीले महिला माथि हुने हिंसा न्युनीकरण गर्न समाजमै गएर चेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बताइन् ।

डाक्टर युवराज लुईंटेलले हिंसाका घटना पहिले र अहिले उत्तिकै भएको बताएका छन् । अहिले नागरिक शिक्षित हँुदा उजुरी गर्ने र प्रतिकार गर्ने भएकाले मात्रै घटना बाहिर आउँदा बढेजस्तै देखिएको बताए ।

उनी भन्छन्, ‘अहिलेको जस्तै पहिले पनि महिला र बालिका हिंसाको सिकार हुन्थे तर, यस्ता घटना समाजमै दबाईन्थ्यो । अहिले नागरिक शिक्षित भए, हिंसा सहनु हुँदैन भन्ने थाहा पाए र प्रतिकार गर्न लागे त्यसैले दिनहुँ घटना बाहिर आउन थाले ।’

कार्यक्रममा बोल्दै कानुन विज्ञ रीता मैनालीले आज भन्दा धेरै अघिको कानुनमा स्त्री पुरुषको सम्पती हो उसले अरुको संरक्षणमा रहनुपर्छ भन्नेकुरा लेखेको हुँदा पहिलेदेखि नै कानुनले महिलालाई विभेद गरेको बताइन् ।

२०२० सालको मुलुकी ऐनमा ‘विवाहित स्वास्नी अरुलाई दिएर अरुको श्रीमती आफुले लिई साटासाट गरेमा कुनै खत लाग्दैन’ भन्ने कुरा कानुनमै उल्लेख गरेको मैनालीले बताइन् ।

कानुनमा पहिलेदेखि नै महिलालाई उपभोग्य वस्तु सरह राखिएकाले यसको प्रभाव अहिले पनि परेको उनले बताइन् ।

पहिलेको कानुनमा उल्लेख गरिएका सबै कुरा हटाइ अहिले सबै कुरा फेरिएपनि अझै सोच नफेरिएकाले महिलामाथि हिंसा बढ्दै गएको उनको भनाइछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: