छोराछोरी विदेश, आमाबाबु बृद्धाश्रम


सन्दर्भ : अन्तर्राष्ट्रिय जेष्ठनागरिक दिवस

प्रकाशित मिति :2018-10-01 17:14:00

–सन्दिप विक–

ललितपुर । नेपालमा जेष्ठनागरिकको संख्या बढ्दो देखिन्छ । तर, जेष्ठ नागरिकको हेरचाह भने राम्रोसँग हुन सकेको देखिँदैन ।

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चारमध्ये चारमध्ये जेष्ठ नागरिकको जनसंख्या २१ लाख ५४ हजार चार सय १० अर्थात् (८.१ प्रतिशत) रहेको छ ।

त्यसमा महिला जेष्ठ नागरिकको संख्या १० लाख ८९ हजार चार सय ७१ रहेको छ भने पुरुष जेष्ठ नागरिकको संख्या १० लाख ६४ हजार ९ सय ३९ रहेको छ ।

तिमध्ये कतिपय बृद्धाश्रममा बस्न बाध्य छन् । कतिले भने मागेर गुजारा पनि गरिरहेका भेटिन्छन् । राष्ट्रिय मानव अधिकार आयोगले हालै गरेको अध्ययनका क्रममा नेपालमा एक हजार पाँच सय ६६ जना जेष्ठ नागरिक वृद्धाश्रममा रहेका छन् ।

२०५८ को जनगणना अनुसार नेपालमा जेष्ठ नागरिकको संख्या पन्ध्र लाख तीन हजार पाँच सय ११ जना थियो ।

जहाँ महिलाको जेष्ठ नागरिकको संख्या सात लाख ३० हजार ९ सय ६ जना रहेका थिए । पुरुष जेष्ठ नागरिकको संख्या सात लाख ४२ हजार ६ सय पाँच रहेको थियो । जुन पछिल्लो जनगणना भन्दा निकै कम हो ।

तथ्यांक हेर्दा नेपालमा जेष्ठ नागरिकको जनसंख्या वृद्धिदर वार्षिक ३.०७ रहेको पाइएको छ । त्यसको एउटा कारण नेपालीको औषत आयुको बृद्धिदर पनि हो ।

बेलायतको मेडिकल जर्नल दि लान्सेटले सन् २०१३ मा प्रकाशित गरेको अनुसन्धानात्मक लेख अनुसार नेपालीको औसत आयु ७१ वर्ष (पुरुष ६९ र महिला ७१) वर्ष भनिएको छ । नेपाल मानव विकास प्रतिवेदन २०१४ ले नेपालीको औसत आयु ६८.८ वर्ष पुगेको देखाएको छ ।

राष्ट्रिय जनगणना २०४८ अनुसार दश लाख ७३ हजार सात सय ५७ रहेको थियो । जसमा महिला जेष्ठ नागरिकको संख्या पाँच लाख ३० हजार ६६ रहेको छ भने पुरुष जेष्ठ नागरिकको संख्या पाँच लाख ४३ हजार ६ सय ९१ रहेको छ ।

यस्तै २०३८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालमा जेष्ठ नागरिकको संख्या आठ लाख ५७ हजार ६१ जना रहेका थिए । यस्ते २०२८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालमा जेष्ठ नागरिकको संख्या ६ लाख ४८ हजार सात सय तीन रहेको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका कार्यवहाक अध्यक्ष प्रकाश वस्ती भन्छन्, ‘अबको राष्ट्रिय जनगणना अनुसार नेपालमा जेष्ठ नागरिकको संख्या तीस लाख अर्थात् १० प्रतिशत पुग्ने अनुमान गर्न सकिन्छ ।’

एक हजार पाँच सय ७७ वृद्धाश्रममा

राष्ट्रिय मानव अधिकार आयोगले हालै गरेको अध्ययनका क्रममा नेपालमा एक हजार पाँच सय ६६ जना जेष्ठ नागरिक वृद्धाश्रममा रहेका छन् ।

आयोगकी सदस्य एवं प्रवत्ता मोहना अन्सारी भन्छिन्, ‘छोराछोरी अवसरको खोजीमा विदेश पलायन हुँदा परिवारमा जेष्ठ नागरिकको लालनपालनमा समस्या देखिएको छ ।’

उनी थप्छिन्, ‘बाबुआमालाई सन्तानको माया हुन्छ तर छोराछोरीलाई सम्पत्तिको । त्यसैले बाबुआमाले छोराछोरीलाई सम्पत्ति दिँदा भोलीको अवस्था के होला भनेर सोच्नुपर्ने देखिन्छ ।’

नेपालमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०५२-५३ सालदेखि जेष्ठ नागरिकलाई वृद्धभत्ता दिन थालिएको हो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा मासिक एकसय रुपैयाँ दिइएको थियो । हालसम्म आइपुग्दा जेष्ठ नागरिकले मासिक रुपमा दुई हजार रुपैयाँ पाउँदै आएका छन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आर्थिक वर्ष २०७३-७४मा जेष्ठ नागरिकका लागि १३ करोड १६ लाख र आव २०७४-०७५ मा ११ करोड ३० लाख, शहरी विकास मन्त्रालयले आव २०७४-७५ मा आठ करोड ३० लाख र ७५-७६ का लागि दश करोड ७० लाख(प्रस्तावित) र अर्थ मन्त्रालयले आव २०७३-०७४ मा ७ करोड १९ लाख लगानी गरेको छ ।

‘राज्यले जेष्ठ नागरिकलाई विभेद ग¥यो’

कृष्ण मुरारी गौतम,संस्थापक अध्यक्ष एजिङ नेपाल

राज्यले जेष्ठ नागरिकलाई विभेद गरेको छ । अन्य नागरिकलाई जसरी जेष्ठ नागरिकलाई पनि राज्यले हेर्नुपर्छ । बालबालिका लक्षित विकास, महिला लक्षित विकास, जनजति लक्षित विकासका लागि बजेट विनियोजन गरेको छ । तर जेष्ठ नागरिक लक्षित विकासका लागि कुनै रकम विनियोजन गरेको छैन ।

जेष्ठ नागरिकलाई राज्यले दया, मायाका पात्रका रुपमा हेरिनु हुँदैन । उनीहरुको पनि मानवअधिकार छ । अरु सरह बाँच्ने अधिकार छ । राज्य जेष्ठ नागरिकलाई भत्ता दिएर मात्र पन्छियो । राज्यले जेष्ठ नागरिकले यकिन तथ्यांक समेत संकलन गर्न नसकेको अवस्था छ ।

जेष्ठ नागरिक बन्दी गृहमा बस्न बाध्य छन्
जेष्ठ नागरिक संघर्ष समिति अध्यक्ष
महाप्रसाद पराजुली

देशमा तीन सय ६५ दिन नै दिवस पर्छ । एक दिन जेष्ठ नागरिकलाई खुब सम्मान गरिन्छ तर पछि जेष्ठ नागरिक हेला र दयाका पात्र बन्ने गरेका छन् । एक दिन देशी विदेशी सहयोगमा बाजा गाजासहित पाँच तारे होटलमा कार्यक्रम मनाइन्छ ।
तर आज जेष्ठ नागरिक बन्दी गृहमा अपराधी जसरी बाँच्न बाध्य छन् ।

जेष्ठ नागरिकलाई कानूनले नै विभेद गरेको अवस्था छ । भएका कानून पनि कार्यान्वयन हुन सकेका छैनन् । यहाँ निःशुल्क उपचार भनिएको छ तर पाउन सकिरहेका छैनन् । हामीले २०५९ सालदेखि नै आन्दोलन गर्दै आएका छौं । तर सरकारले हाम्रो माग पुरा गरेको छैन ।

‘जेष्ठ नागरिकको क्षेत्रमा काम गरिरहेका छौं’

विश्व माया नेउपाने
महिला विकास अधिकृत, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय

हामीले जेष्ठ नागरिकको क्षेत्रमा काम गरि राखेका छौं । तत्काल सातै प्रदेशमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत प्रदेश स्तरीय आरोग्य आश्रम बनाउने प्रक्रियामा छौँ ।

अन्तर्राष्ट्रिय, राष्ट्रिय सन्धि सम्झौताबारे प्रदेश स्तरमा जानकारी गराउन कार्यक्रम गरेका छाै‌ । जेष्ठनागरिक नीति तथा दश वर्षे कार्य योजनाको प्रक्रिया अघि बढी राखेका छ । विभिन्न दिवसमा कार्यक्रम गरिरहेका छौं । जेष्ठ नागरिक सम्बन्धी ऐन संशोधन छलफलका क्रममा छ ।

यो पनि हेर्नुहोस्

फ्याँकिएका बाआमाको पीडाः ‘मरौं काल आउँदैन, बाँचु सुख छैन’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: