साइकल दाइजो नल्याएको भन्दै डाडुले डामियो


प्रकाशित मिति :2018-10-02 11:52:11

–महिला खबर–
ललितपुर । विवाहमा दाइजो नल्याएको भन्दै रुपन्देहीमा एक महिलालाई श्रीमानसहित सासू ससुराले डाडुले डामेमा छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका– ७, भैसहियाकी २३ वर्षीया अमरावती तेलीलाई श्रीमान सासू, ससुरा मिलेर डाडुले डामेका हुन् ।
पीडितले प्रहरीमा उजुरी दिएसँगै घटना बाहिर आएको हो । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार तातो डाडुले डाम्ने श्रीमानसहित सासु, ससुरा विरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्धा दर्ता गरिएको छ ।

यही असोज ७ गते आमाबुबासहित प्रहरी कार्यालयमा आएर महिलाले जाहेरी दिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर शंकर पोख्रेलले महिला खबरलाई जानकारी दिए ।

गत भदौ ३० गते घटना भएपनि परिवारका सदस्यहरुले अमरावतीलार्ई घरभित्र थुनेर राखेकाले घटना ढिलोगरी सार्वजनिक भएको पोख्रेलको भनाइ छ ।

उजुरी परेको भोलीपल्ट असोज ८ गते श्रीमान २३ वर्षका गोविन्द तेली र ६५ वर्षीय ससुरा मेघा तेलीलाई पक्राउ गरी मुद्धा दर्ता गरिएको जनाइएको छ । फरार रहेकी ६० वर्षीया सासू बगौडी तेलीको भने खोजी भइरहेको इन्सपेक्टर पोख्रेलले बताए ।

घरभित्र हात खुट्टा बाँधेर छाती तल र तिघ्रामाथीको भागमा डामेको प्रहरीले जनाएको छ । अमरावती र गोविन्दको एक वर्षअघि विवाह भएको थियो ।

उनका श्रीमान गोबिन्दले भने दाइजोको निहुँमा नभएर अरुसँग मोबाइलमा कुराकानी गर्दा शंकाले यस्तो व्यवहार गरेकोे प्रहरीलाई बयान दिएको बताइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: