निर्मलाकाे हत्यारा पत्ता लगाउन दबाब दिँदै नेविसंघको बन्द


प्रकाशित मिति :2018-10-02 14:56:10

–महिला खबर–

ललितपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै आज कञ्चनपुर बन्द गरिएको छ ।

नेपाल विद्यार्थी संघले गरेको बन्दका कारण महेन्द्रनगर बजारसँगै यातायात, कलकारखाना पूर्ण रुपमा ठप्प भएको छ ।

बन्दका कारण यात्रुहरु मर्कामा परेका छन् । विद्यार्थी संगठनले सरकारी वकिलको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय लगायत स्थानमा तोडफोड गरेका छन् ।

विद्यार्थी संगठनले बिरोध स्वरुप राजमार्गको चोक–चोकमा टायर बालेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) कुबेर कठायतले अहिले अवस्था सामान्य रहेको जानकारी बताए ।

नेविसंघले सोमबार पनि शिक्षण संस्था बन्द गराएको थियो । गत साउन ११ गते बलात्कारपछि हत्या भएकी बालिकाको अहिलेसम्म दोषीलाई पक्राउ गर्न सकेको छैन । दुई महिना बित्दा समेत हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: