हिंसा रोक्न रौतहटमा विशेष अभियान


प्रकाशित मिति :2018-10-02 17:17:47

-महिला खबर-

ललितपुर । रौतहटका अधिकारकर्मीहरुले महिलामाथि हुने हिंसा राेक्न  विशेष अभियान शुरु गरेका छन् । स्थानीय ग्रामिण विकास केन्द्र (आरडिसी) काे अगुवाइमा अधिकारकर्मीहरुले अभियान थालेका हुन् ।

एक साता अघि रौतहटको चन्द्रपुरमा १८ वर्षे किशोरी सम्झना दासको तेजाब आक्रमणबाट ज्यान गएपछि घरेलु हिंसा रोक्न अभियान थालिएकाे हाे । अभियान अन्तरगत ४५ वटा सामुदायिक बहस केन्द्र (सिडीसी) सक्रिय बनाइएकाे छ । प्रत्येक केन्द्रमा कम्तिमा २५ महिला र किशोरी सदस्य आवद्ध छन् ।

सो अभियान अन्तरगत समितिका सदस्यहरुले घरघरमा पुगेर जाँडरक्सी विरुद्ध अभियान चलाउनेछन् । अभियान अन्तरगत बालविवाह, घरेलु हिंसा, दहेज जस्ता महिला पीडित हुने घातक सामाजिक चलन रोक्न चेतनामुलक कक्षा पनि चलाउने संस्थाका अध्यक्ष पारस हुसेनले बताए ।

सोही अभियान अन्तरगत तेजावको बिक्री वितरणमा कडाई गर्न संघीय र प्रादेशिक सरकारलाई अनुरोध समेत गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: