सुरक्षित आवास गृह नै असुरक्षित


प्रकाशित मिति :2018-10-03 09:45:47

–एसबी जेरो–

ओखलढुंगा । अन्यायमा परेका महिला तथा बालिकालाई सुरक्षित रुपमा राख्न ओखलढुंगामा सुरक्षित आवास गृह (सेफ हाउस) स्थापना गरिएको छ ।

सुरक्षित आवास गृहमा अन्यायमा परेका, न्याय खोज्ने क्रममा जोखिममा रहेका तथा यौन हिंसा लगायतमा परेको असहाय महिला तथा बालबालिकालाई राख्ने गरिन्छ ।

तर, असुरक्षित महिला तथा बालबालिकालाई अल्पकालिन सुरक्षाको लागि राखिने ओखलढुंगाको सुरक्षित आवास गहृ नै असुरक्षित तथा अव्यवस्थित रहेको छ ।

सुरक्षित आवास गृह खोल्सा र जंगल नजिकको एकान्तमा छ । घरमा कम्पाउण्ड पनि छैन । तारबार छैन न त गेट नै छ । खाना बनाउने छुट्टै भान्छा कोठा छैन ।

मान्छे सुत्ने कोठामै खाना पकाउने गएिको छ । सिद्धिचरण नगरपालिका र जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा सुरक्षित आवास गृह नै असुरक्षित भएको पाइएको जनाएको छ ।

उक्त सुरक्षित आवास गृह परिवर्तनशिल महिला सामुदायिक संस्थाले सञ्चालन गरेको हो । संस्थाकी अध्यक्ष पेमडोमा शेर्पासँग आवास गृहको अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारी मनुका न्यौपाने र नगर प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी लिएका थिए ।

अन्यायमा परेका महिलाहरुलाई राख्ने सेफ हाउस नै असुरक्षित रहेको अध्यक्ष शेर्पाले अनुगमन टोलीलाई जानकारी गराइन् । खोल्सा र घनाजंगल नजिक कार्यालय रहेकोले कम्पाउण्ड र तार घेराबारको व्यवस्था नहुँदा सुरक्षामा चुनौती रहेको शेर्पाको भनाई छ ।

शेर्पाले आर्थिक स्रोत नहुँदा आवास गृहलाई व्यवस्थित बनाउन नसकेको बताईन् । जिल्लाको सबै तहका असुरक्षित अन्यायमा परेका महिलाहरुका लागि सेफ हाउस आवश्यक रहेकोले सबै तहले मिलेर सहयोग गर्नुपर्ने आवश्यकता रहेको नगर प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

सिद्धिचरण नगरपालिकाले आवास गृहको भौतिक विकासका लागि चालु आर्थिक वर्षमा दुईलाख बजेट विनियोजन गरेको उनले जानकारी दिएका छन् ।

सुरक्षित आवास गृहबाट स्थापना भएयता एक सय २२ जना महिला तथा बालिकाले सेवा लिएको सेफ हाउसकी ईन्चार्ज धनकुमारी थापाले बताईन् ।

घरेलु हिंसा, बलात्कार, कुटपिट, मनोवैज्ञानिक भावनात्मक दुव्र्यवहार, जबरजस्ती विवाह, यौन हिंसा लयागतमा परेका महिला तथा बालिकाहरु सेफ हाउसमा आउने गरेको थापाको भनाई छ ।

थापाका अनुसार अन्यायमा परि मुद्दा लड्दै गरेका तथा घरबाट निकालिएका महिला तथा बालिकालाई गृहमा राखिन्छ । उनीहरुलाई निःशुल्क आवास, खाना, कानूनी सहायता, प्रहरी कार्यालय तथा वकिलसँग समन्वय, उपचार, सीपमुलक तालिम लगायतका सेवा उपलब्ध गराईन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: