५५ वर्षमा पहिलो चोटि महिलालाई भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार


प्रकाशित मिति :2018-10-03 12:04:36

–महिला खबर–
ललितपुर । क्यानडाकी डोना स्ट्रिक्ल्यान्ड ५५ वर्षमा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने प्रथम महिला वैज्ञानिक भएकी छन् । सो विधामा नोबेल पुरस्कार पाउने उनी तेस्री महिला हुन् ।

उनीभन्दा पहिला सन् १९०३ मा मरी क्युरीले र सन् १९६३ मा मारिआ गोइप्पर्ट–माएरले भौतिकशास्त्रतर्फ सो पुरस्कार पाएका थिए ।

डा. स्ट्रिक्ल्यान्डले अमेरिकाका डा. आर्थर याश्किन र फ्रान्सका डा. जेरा मोरूसँग आफूले लेजर फिजिक्सको क्षेत्रमा गरेका अनुसन्धानका लागि संयुक्त रूपमा नोबेल पुरस्कार पाएकी हुन् ।

याश्किनले जैविक प्रणालीको अध्ययनमा प्रयोग हुने लेजर प्रविधिको विकास गरेका छन् भने मोरू र स्ट्रिक्ल्यान्डले धेरै सघन तर धेरै छोटा लेजर तरङ्ग उत्पादन गर्ने विधि विकसित गरेका छन् ।

ती तरङ्गहरू आँखाको लेजर शल्यक्रियालगायत विभिन्न काममा प्रयोग गर्न सकिन्छ । पुरस्कारराशि ९० लाख स्वीडिश क्रोनर अर्थात् झन्डै १० लाख अमेरिकी डलरको छ ।

क्यानडाको युनिभर्सिटी अफ वाटर्लूमा कार्यरत स्ट्रिक्ल्यान्डले पुरस्कार पाएकोमा पहिला आफू चकित भएको बताइन् । उनले भनिन्, ‘पहिला मलाई हैन होलाजस्तो लागेको थियो। र, यो साँच्चै हैन जस्तो सधैँ लाग्नेछ ।’

डा. जेरा मोरू आफ्ना सुपरीवेक्षक र गुरु भएको भन्दै उनी नै यो पुरस्कारको हकदार भएको स्ट्रिक्ल्यान्डले बताइन् । याश्किनले पनि पुरस्कार पाएकोमा उनले प्रसन्नता व्यक्त गरिन् ।

याश्किनले पहिला धेरै आविष्कारहरू गरेका र अरूले तिनकै आधारमा अद्भुत काम गरेका भन्दै स्ट्रिक्ल्यान्डले याश्किनको कामको अन्ततस् मूल्यांकन भएको टिप्पणी गरेकी छन् ।

पोल्याण्डमा जन्मिएकी मरी क्युरीलाई सन् १९०३ मा उनका फ्रान्सेली पति पिअर क्युरी र अर्का वैज्ञानिक अत्वाँ अन्री बेकरेलसँगै रेडिओधर्मिताको अनुसन्धानका लागि संयुक्त रूपमा नोबेल पुरस्कार दिइएको थियो ।

५५ वर्षअघि जर्मनीमा जन्मिएकी अमेरिकी भौतिकशास्त्री मारिआ गोइप्पर्टले परमाणुको केन्द्रसँग सम्बन्धित आविष्कारका लागि नोबल पुरस्कार पाएकी थिइन् । सोमबार चिकित्साशास्त्र विधातर्फको नोबल पुरस्कारको घोषणा भएको थियो ।

साभार : बीबीसी

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: