साँफेमा मौन जुलुस


प्रकाशित मिति :2018-10-03 14:08:04

–महिला खबर–

ललितपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा अहिलेसम्म सरकारले पत्ता लगाउन नसकेको भन्दै अछामको साफेबगरमा मौन जुलुस प्रदर्शन गरिएको छ ।

बाल अधिकारका लागि नागरिक सञ्जाल अछामको आयोजनामा विभिन्न सरोकारवालाको सहभागीतामा जुलुस निकालिएको हो ।

घट्ना भएको ३ महिना पुग्नलाग्दा समेत हत्यारा पत्ता नलाग्नु र छानबिन समितिले बुझाएको प्रतिबेदन सार्वजनिक नगरी गुपचुप राखेको भन्दै बिरोधस्वरुप मौन जुलुस निकालिएको सञ्जालका देविलाल उपाध्यायले बताए ।

दिनदहाडै बालिकालाई बलात्कार पछि हत्या गर्दा समेत सरकारले दोषी पत्ता लगाउन ठोस पहल नगरेको भन्दै ¥यालीमा सहभागीले सरकारको आलोचना गरेका छन् ।

दोषीलाई सरकारले नै संरक्षण दिएको भन्दै उनीहरुले प्रहरी प्रशासनकै कमजोरीले दोषीले उनमुक्ती पाइरहेको आरोप लगाए ।

दिनहुँ चेलीहरु बलात्कारको सिकार भइरहेकाले अब कडा पहल चाल्न पनि उनीहरुले माग गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: